logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    एमाओवादीको प्रशिक्षण कार्यक्रम


    २५ चैत्र २०७२ , बिहिबार

    एमाओवादीको प्रशिक्षण कार्यक्रम

    भैरहवा, चैत्र २५ । एनेकपा माओवादी सिद्धार्थनगर नगर कमिटीले एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको  छ ।
    बिहीबार भैरहवामा गरेको प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा ५ नम्बर प्रदेशका सेक्रेटरी जगप्रसाद शर्मा “अपार”ले पार्टीको भावी रणनीति र कार्यदिशाको विषयमा प्रशिक्षण दिएका थिए । उनले एमाओवादी पार्टी परिवर्तनकारी पार्टी भएको र सिद्धान्त, आदर्श र विचारमा अगाडि बढिरहेको भन्दै पार्टीको विचारमा एकताबद्ध हुन सबै कार्यकर्ताहरुलाई निर्देशन दिए ।
    जसले जनअपेक्षा अनुसार काम गर्छ त्यही पार्टी अब देशको ठूलो पार्टी बन्ने भन्दै प्रदेश सेक्रेटरी शर्माले एमाओवादी गाउँ हुँदै सहर र केन्द्रसम्म पुग्दा केही बिग्रिए पनि अब जनताको माझ पुगेर काम गर्न तयार रहेको प्रशिक्षणमा कार्यकर्तालाई बताएका थिए । उनले नेपालमा दश वर्षे जनयुद्ध, दश वर्षे संविधानसभा निर्माण युद्ध भएको जनाउँदै अबको दशक समाजवादी क्रान्ति गर्ने दशक भएकोले सबै नेता कार्यकर्ता यसलाई सफल पार्न एकजुट हुनुपर्ने बताएका थिए ।
    प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य हकिकुल्लाह खाँ, जिल्ला अध्यक्ष रामप्रसाद बन्जाडे, जिल्ला सचिव पदम गुरुङ, जिल्ला सहसचिव मकसुद अलि, जिल्ला सचिवालय सदस्य चोपलाल आचार्यले समेत पार्टी सुदृढीकरण हुन आवश्यक रहेको जनाउँदै सबै कार्यकर्ता तथा स्थानीय नेताहरुले एमाओवादीको दर्शनलाई अंगीकार गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
    गोविन्द केवटको संचालनमा सम्पन्न प्रशिक्षण कार्यक्रममा दुई सय  जना   नगर कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.