logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सुरुचीको राजधानी सम्मको सांगेतिक यात्रा


    ११ जेष्ठ २०७४ , बिहिबार

    सुरुचीको राजधानी सम्मको सांगेतिक यात्रा

    मो. इमरान खान
    कपिलवास्तु जेठ । कपिलवस्तु जिल्लाकी सुरुची पन्थी नेपाली सांगेतिक यात्रामा जिल्ला देखी राजधानी सम्म पुगेकी छिन् ।
    आफ्नो बेग्लै पहिचान र केहि गर्ने उद्धेश्यका साथ बिगत एक दशक देखि यस क्षेत्रमा रहेकी सुरुची मिठो स्वरकी धनि समेत हुन ।
    मोफसलले सपनाको शहरको रुपमा चिनेको काठमान्डौलाई सुरुचीले पनि अवसरको रुपमा प्रयोग गरिकी छिन । उनले लगनशिल र इच्छा शक्तीका साथमा आफ्ना सपना काठमान्डौले पुरा गरिदिने अपेक्षा समेत रहेको वताउछिन् ।
    जिल्ला वाटै समाज र सहकर्मी माझ सांगेतिक क्षेत्रमा लोकप्रियता कमाएकी सुरुचीले आफ्नो सञ्चारक्षेत्रको पेशालाई छोडेर अहिले सुन्दर भविष्य खोज्दै संगित क्षेत्रमा होमिएकी छिन् ।
    उनि भन्छिन्,“ ३ बर्ष सञ्चारकर्मीको रुपमा समाजमा पुगे अव गायिका भएर दर्शक र स्रोता माझ पुग्ने कोशिसमा छु ।
    उनका प्रयासहरुलाई अहिले दर्शक तथा स्रोताहरुले मन पराउने र हौसल्लाह प्रदान गर्ने गरे पछि उनिले आफ्नो यात्रालाई अझ परिकृत रुपमा अगाडी वढाउदै लगेकी छिन् ।
    आमा गिता पन्थी र बुवा नेत्रराज पन्थीको जेष्ठ सुपुत्री सुरुची घरपरिवार मात्र नभएर अहिले उनको जन्मस्थान कपिलवस्तुको भलवाड सम्म चर्चाको शिखरमा छिन् । उनलाई आमाको न्यायो माया र वुवाको प्ररेणाले गर्दा गायिका वन्ने उत्प्रेणा जागेको वताउने सुरुची साथी संगीहरुको साथले गर्दा अगाडी वढन हौसल्लाह वढेको वताउछिन् ।
    स्कुले जिवन देखी नै सांगेतिक क्षेत्रमा लागेकी सुरुचीलाई गित गाउनु सामान्य जस्तै लाग्थ्यो अनि उनि सधै साथि संगीहरुको आग्रहमा स्कुल र मेलापातमा सुरिलो स्वरमा आफना गितहरु पस्किन्थिन । सवैलाई आफ्नो स्वरले मंत्रमुग्घ पार्ने सुरुची अहिले औपचारिक रुपमा नै संगित सिक्न थालेकी छिन् ।
    कैलासनाथ श्री संगित पाठशालामा गुरु चण्डी प्रसाद काफ्ले वाट संगितको औपचारिक अध्ययन सिकिरहेकी सुरुचीका लागी अवका यात्रा गायन क्षेत्रमा अगाडी वढने अपेक्षा लिएको उनका साथीहरु वताउछन् ।
    अहिले सम्म ४ वटा गितको रेकर्ड गरिसकेकी सुरुचीको ३ वटा गित भने सार्वजनिक भैसकेको छ । भखरै वजारमा आएको सुरुचीको स्वर गौरब पौडेलको शव्द, संगित रहेको “ एकै नजरमा ” बोलको गित पनि दर्शक र स्रोत माझ आईसकेको छ ।
    अव केहि दिन मै सुरेश अधिकारीको संगित र पुर्शोत्तम डंगोलको शव्दमा “हारे मैले यो मन तिमी संग हारे ” भन्ने बोलको गित समेत सुरुचीको स्वरमा वजारमा आउने भएको छ ।
    अध्ययन का साथ साथै बैकिंङ क्षेत्रमा कार्यरत सुरुची बाकी रहेको समयमा संगित सिक्नुका साथै संगितमा नै रमाउने गरिकी छिन् ।


    महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनी र उनको राजदरवार कपिलवस्तुको सामिप्यतामा जन्मीयर हुर्केकी सुरुचीका अवका दिनहरु भने उज्ज्वल हुने उनका आफ्न्तहरु वताउछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.