logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    टोलमा गाडी पुगेपछि शव बोक्न सजिलो


    ११ बैशाख २०७३ , शनिबार

    टोलमा गाडी पुगेपछि शव बोक्न सजिलो

    12802750_979495635430976_3703801175640713558_nपाल्पा,  बैशाख । पाल्पाका टोल टोलमा सडक विस्तारले गाउँमा गाडी पुगेपछि मानिसको शव बोक्न सहज भएको छ ।
    पहिला सडकको उचित व्यवस्था नहुदाँ स्थानीयले मानिसको शव पैदल बोकेर घाटसम्म लैजानुपर्ने चलन रहेको थियो । गाम्रीण क्षेत्रमा सवारीसाधन पुगेपछि शव पैदल बोकेर घाटसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।
    पाल्पाका गाम्रीण भेगबाट शव बोकेर कालीगण्डकी नदीमा दाहसंस्कार लागि तीन देखि चार पाँच घण्टासम्म लाग्ने गरेकोमा अहिले टोल टोलमा गाडी पुग्न थालेपछि शव बोक्न सहज भएको हो, मानिसहरु शव बोक्न निकै गाह्रो हुने बताउँछन् ।
    भैरवस्थान–३ का हुमलाल अधिकारीका अनुसार गाउँमा कोही मृत्यु भएमा मानिसको शव   बोकेर नै घाटसम्म लैजानुपर्ने बाध्यता २०५३ साल यता हटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,–“गाउँमा मोटरबाटो विस्तार भएपछि मानिसहरुले शव पैदल बोक्न छाडेर जीपमा बोक्न थालेका हुन ।”
    पहिला जस्तो शव बोकेर नै घाटमा लैजानुपर्ने बाध्यता हटेपछि स्थानीयहरु समेत खुसी छन् । गाउँलेको मृत्युले दःुखित बनेका स्थानीय त्यसैमा शव पैदल बोक्नुपर्ने बाध्यताले झनै स्थानीय चिन्तित हुने बुढापाकाको भनाई छ ।
    पाल्पाका पश्चिम भेगका गाविसबाट पाल्पा गुल्मी र स्याङ्गजाको संगमस्थल रिडीमा शव जलाउने चलन रहेको थियो । रिडीमा अहिले पनि यस भेगका मानिसहरुले शव जलाउने घाटको रुपमा प्रयोग गर्दै आएका छन् ।
    शवलाई दुई जनाले मात्र बोक्नुपर्ने र त्यसमा खाली खुटटा हिड्नुपर्ने चलनले निकै समस्या हुन गरेको उहाँको भनाई छ । शव बोक्न निकै समस्या हुने भएपछि घाटसम्म पुग्दा सात आठ पटक काध फेर्नुपर्ने स्थिति रहेको थियो । त्यसैले साना केटाहरुलाई मलामी लैजाने चलन निकै कम थियो ।
    भैरवस्थान–३ का टोप नारायण रायमाझीले गाउँ गाउँमा मोटरबाटो पुगेर गाडीमा शव बोक्न थालेपछि गाउलेलाई सहज भएको बताउनुहुन्छ । गाडी चलेपछि लाख बोक्नेदेखि गाउँमा उत्पादित तरकारी तथा अन्य सामानहरु शहर लैजान सहज भएको उहाँले बताउनुहुन्छ ।
    पाल्पाका अधिकाँश गाविसका वडा वडामा मोटर पुगेको छ । जसले यातायातको सेवा लिन पाएसँगै शव पैदल बोक्नुपर्ने बाध्यता हटेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.