वैशाख १५ देखी विद्युतमा केहि सहजताः विद्युत कार्यालय

कमल रायमाझी
भैरहवा, १२ बैशाख । नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाका प्रमुखको लाहापर्वाहीका कारण भैरहवावासी संकटमा परेका छन् ।
दैनिक जिवन यापन गर्नका लागी अति आवस्यक विद्युतलाई यहाका वासिन्दाले प्रयोग गर्न नसक्दा संकट पैदा भएको सरोकारवालाहरुले वताएछन् ।
विद्युल प्राधिकरण जनता संग कुनै जिम्मेवार देखिदैनन् । यहा लोडसेडिङ हो की ,होइन ?विद्युतको भोल्टेजमा कन्ट्रोल गर्नुपर्ने हो की, होइन ?जस्ता कुराहरु लिएर विद्युत कार्यालय पुग्ने गरेका यहाका स्थानियहरुले कार्यालय प्रमुख संग यस्ता प्रश्न राख्ने गरेका छन् ।
गएको एक हप्ता विद्युत कार्यालय भैरहवामा यसरी जानेहरुको समुह आधा दर्जन थियो । कसैले लिखितरुपमा समस्या राखेका छन् भने कोही मौखिकरुपमा कार्यालय प्रमुखहरु संग आक्रोस पोखेका देखिन्थे ।
सवैको आरोप चाही कार्यालय प्रमुख संग नै देखिन्छ । कार्यालय प्रमुखले ठुला उद्योगलाई नियमितरुपमा विद्युत उपलव्ध गराए र कमिशन खाने गरेको सरोकार वालाले आरोप लगाएका छन् ।
सायित्यकार विजय सागरले नेपाल विद्युत प्राधिकरण भैरहवा शाखा नै कमिशनको लोभमा फसेको भैरहवावासीको आरोप रहेको भन्दै उनले यस्तो आरोप वाट मुक्त भै जनताको माग सम्वोधन गर्न कार्यालय प्रमुख मुनिन्द्र ठाकुरलाई अनुरोध गरे ।
विद्युत कार्यालयमा पटक पटक फोन गर्दा यहा रहेको टेलिफोन समेत नउठने र उठिहाले पनि गैरजिम्मेवारपुण जवाफ पाउने गरेको भन्दै साहित्यकारहरुले यस्तो व्यवहार सुधार गरेर कर्मचारी जनसेवक वन्न समेत कार्यालय प्रमुख ठाकुरलाई सुझाव दिएका थिए ।
डेलिगेशनमा विद्युत कार्यालय पुगेका साहित्यकारहरु लो भोल्टेज र हाइभोल्टेजका कारण विद्युतिय सामाग्री जल्न पुगेको भन्दै यसको क्षती पुर्ती समेत दिनु पर्ने अडान कार्यालय प्रमुख संग राखेका थिए ।
भैरहवा वहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख प्रा.डा. कपिलदेव लामिछानेले घरमा भएको फ्रिज, कम्प्युटर र पंखाहरु समेत विद्युत कार्यालयका कर्मचारीका कारण विग्रिएको भन्दै यसको क्षती पुर्ति दिनुपर्ने माग राखे ।
विद्युत कार्यालयले विद्युत नत लोडसेडिङ तालिका अनुसार दिन्छ नत पुरा भोल्टेज दिन्छ । राति १० वजे विद्युत आए भने ११ वजे जान्छ ।१ वजे आयो भने २ वजे जान्छ केहो यो विद्युतको तालिका वुझन नसकिएको डेलिगेशनमा जानेहरुले वताउने गरेका छन् । विद्युत आउदा समेत पुरा भोल्टेज आउदैन । पानि तान्ने मोटर चल्दैन, पंखा चल्दैन, वल्व सम्म राम्ररी वोल्दैनन् । विद्युत वाट चल्ने समानहरु चलाउन खोजे जलिहाल्छ भन्दै साहित्यकार वनमाली निराकरले जनतालाई दुःख नदिन कार्यालय प्रमुख ठाकुरलाई आक्रोशपुर्ण अनुरोध गरे ।
भैरहवामा दैनिक १२ घण्टा लोडसेडिङको तालिका भए पनि १८ घण्टा सम्म जाने गरेको डेलिगेशनमा जानेहरुले वताउने गरेका छन् । रातिमा विरामी र साना वालवच्चाहरुलाई सुताउन समेत समस्या परेको भन्दै डेलिगेसनमा पुगेको युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रतिनिधि कमल ढकालले तालिका अनुसार लोडसेडिङ गरिदिनु पर्ने कार्यालय प्रमुख ठाकुरलाई सुझाव दिए ।
स्थानियहरु समेत विगत १५ दिन देखी रातिको समयमा सुत्न सकेका छैनन् । यस क्षेत्रमा वढिरहेको अत्याधिक गर्मी, तातो हावा र धुलो धुवा वाट ग्रस्त भैरहवावासीलाई विद्युतले समेत धोका दिएको छ ।
सिद्धार्थ होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा होटल नान्सका सञ्चालक चन्द्रप्रकास श्रेष्ठले विदेशी पाउनाहरु होटलमा वास वस्न आउने गरे पनि विद्युतका कारण चाहेको सुविधा दिन नसकिएको भन्दै विद्युतले नै यो देशको वदनाम गरेको वताए ।
अहिले यस क्षेत्रका होटलमा वास वस्न आउने पर्यटकहरुले वास वसे पछि विद्युत नहुदा गर्मीले समस्यामा पर्ने गरेको भन्दै पैसा समेत नतिर्ने गरेको होटल माउण्ट एभरेष्ट भैरहवाका सञ्चालक विष्णु गौतमले वताए ।
उद्योग व्यवसायीहरु समेत विद्युत कार्यालयमा दैनिकजसो पुग्ने गरेका छन् । नत विद्युत उचित मात्रमा पाइएको छ । नत जेनेटर चलाउएर उद्योग चलाउन आयल निगमले चाहिए जति डिजल उपलव्ध गराएको छ भन्दै उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारीले विद्युतको लागी पहल गरिदिन नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाका प्रमुख मुनिन्द्र ठाकुरलाई अनुरोध गरे ।
स्थानिय सर्वसाधरण, साहित्यकार, विभिन्न व्यवसायही गर्ने व्यवसाहीहरु, सिद्धार्थ होटल व्यवसायही संघ, उद्योग व्यापार संगठन रुपन्देही, सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा, मनिङवाक ग्रुप लगाएतको विभिन्न समुह तथा संघ सस्थाहरु दैनिक जसो विद्युत कार्यालयमा डेलिगेशन पुग्ने गरेका छन् ।
विद्युत कार्यालयको भने आफ्नै गुनासो रहेको छ । आफै समस्यामा परेको नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाले कसरी जनताको माग सम्वोधन गर्ने भन्दै कार्यालय प्रमुख ठाकुर आकुल व्याकुल देखिन्छन् ।
उनले भनेको विस्वास लिने हो भने, भैरहवाक्षेत्रमा वितरण भएको विद्युत नेपालको राष्ट्रिय प्रशारण लाईन नभएको भन्दै भारतिय क्षेत्र वाट आएको विद्युत भएकाले यहाका जनताले सास्ती वेर्होन परेको हो ।
प्रत्येक वर्ष यो समयमा यहा यस्तो समस्या आउने गरेको भन्दै कार्यालय प्रमुख ठाकुरले भारतको मुज्जफरनगर वाट आउने लाईन टाढा भएकै कारणले लो भोल्टेज भएको जनाए ।
उनले भने, हामीकोमा आउनु पर्ने १३२ केभी भोल्टेज हो तर भारत वाटै ११२ केभी भोल्टेज आउछ अनि मैले कसरी पुरा भोल्टेज दिउ ।नेपालको लाईन जोडिएको छैन् । यहा मात्र नभएर यस्तो समस्या भारत संग सिमा जोडिएका विराटनगर,कृष्णनगर, भैरहवा र जनकपुर लगाएतका क्षेत्रमा यो समस्या रहेको छ ।
स्थानियहरुको घरमा विद्युतिय सामाग्री जलेर नष्ट भएको हुनसक्छ । तर क्षती पुर्ती दिने नियम छैन भन्दै कार्यालय प्रमुख ठाकुरले एउटा ट्रान्समिटर २ सय देखी २ सय ५० केभिए भए पनि यहा ३ सय केभिए सम्म लोड पर्छ । अहिले सवैका घरमा एसी र विद्युतिय सामाग्री प्रयोग गर्ने भएकाले पनि विद्युतको माग वढेको वताए ।
भैरहवा क्षेत्रमा ६० मेगावाट विद्युतको माग भए पनि हामी संग जम्मा २८ मेगावाट उपलव्ध छ । कसरी पुराउन सकिन्छ विद्युत भन्दै डेलिगेशनमा जानेहरुलाई आश्वस्त पार्न खोजेका थिए ।
उनले यही वैशाख १५ गते देखी नेपालको राष्ट्रिय प्रशारण लाईन जोडिने भन्दै केहि समस्या स्वतह समाधान हुने समेत कार्यालयमा जानेहरुलाई वताएका थिए ।