भैरहवा,१३ बैशाख । अखिल क्रान्तिकारी रुपन्देहीले शैक्षिक क्षेत्र सुधार हुनुपर्ने भन्दै सोमवार जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा ८ बुदे ज्ञापनपत्र बुझाएको छ ।

संगठनका केन्द्रीय सदस्य अनुप पोखरेलको नेतृत्वमा ज्ञापनपत्र वुझाउन पुगेको टोलिले जिल्ला शिक्षा अधिकारी टेक वहादुर थापालाई नै भेटि शैक्षिक क्षेत्रमा देखिएको विकृतीहरुको सुधार हुनुपर्ने माग समेत राखेको छ ।
क्रान्तिकारीले निजि विद्यालयले मनोमानी लिएको शुल्क फिर्ता गर्नुपर्ने,प्राविधिक समिति वनाई,वैज्ञानिक शुल्क निर्धारण मापदण्ड वनाई कार्यान्यन गर्नुपर्ने,विना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु वन्द गर्नुपर्ने ,सार्वजनिक विद्यालयमा शैक्षिक सुधार, गुस्तरियता कायामगर्ने ,जस्ता कुराहरु सो संगठनले आफ्नो ज्ञापनपत्र मार्फत जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको छ ।
संगठनले अनिवार्य र निशुल्क शिक्षा लगाएका विषयमा कानुन निर्माण र कार्यान्यनका लागी कार्यदल वनाई काम गर्ने , प्राविधिक समितिले तयार पारेका शुल्क मापदण्ड र पाठयपुस्तकको मुल्य निर्धारण निर्देशिकालाई सरकारले कानुनी मान्यता प्रदान गरि कार्यान्यनका लागी सम्वन्धीत निकायलाई निर्देशन जारी गरि काम गर्नु पर्ने विद्यालयलाई विशाल वजार जस्तो व्यापारी केन्द्र वनाई मनोमानित शुल्क उठाउने किताव कापी डेक्स जुत्ता झोला, टाई , वेल्ट लगाएत अन्य बकम्फुसे फर्जी शिर्षकमा चर्को शुल्क अशुल गरि अभिभावक र विद्यार्थीका ढाड भाच्ने प्रबृद्धीको अन्त्य गरि दोषी उपर कार्वाही गर्ने ,सहिद परिवारका छोरा छोरीलाई निशुल्क शिक्षा प्रदान गरिनु पर्ने लगाएका मागहरु राखेको छ ।
ज्ञापनपत्र बुझाउन जिल्ला अध्यक्ष रुपेश पौडेल,उपाध्यक्ष, टिपि न्यौपाने, विष्णु गौतम, जिल्ला सचिव फटिक तरामु मगर, सहसचिव अनिता घिमिरे ,जिल्ला सचिवालय सदस्यहरु सन्तोष पन्थी, दिलिप शर्मा, दामोदर गौतम, मधु विक सदस्यहरु सुवाश वेलवासे,आशिष चौधरी ,अनुज भटट्राई,रिकेश श्रेष्ठ, नारायण आर्चाय, आदेश गुरुङ,वसन्त पन्थी ,अर्चना पौडेल, विनम ज्ञवाली, प्रदेश सदस्य प्रकास कुवर लगाएतको सहभागिता रहेको थियो ।
