logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    मापसेमा उत्तर कोरियाली दूतावासका कर्मचारी पक्राउ


    १४ बैशाख २०७३ , मंगलबार

    मापसेमा उत्तर कोरियाली दूतावासका कर्मचारी पक्राउ

    १४ वैशाख, काठमाडौं । नेपालस्थित उत्तर कोरियाली दूतावासका कर्मचारी ली छङ हो मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका छन् ।

    मापसे गरी सवारी साधन चलाएको अवस्थामा होलाई ट्राफिक प्रहरीले सोमबार विहान न्युरोड गेटबाट पक्राउ गरेको आजको अन्नपूर्ण पोस्टले जनाएको छ ।

    उनले चलाएको २९ सीडी ३ नम्बरको कुटनीतिक नम्बर प्लेटको कारले वीर अस्पतालका चिकित्सकले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि उनलाई तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    उनले मापसे गरी अनियन्त्रित रुपमा कार हाँकेको प्रहरीले बताएको छ । हेले चलाएको कारले वीर अस्पतालका चिकित्सक विजय पाण्डेको बा ७२ प ६४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट पाण्डे सामान्य घाइते भएका छन् ।

    कार ट्राफिक प्रहरीको नियन्त्रणमा छ । प्रहरीले होलाई ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कक्षामा सहभगी गराउने सर्तमा दूतावासको जिम्मा लगाएको छ । उत्तर कोरियाली सेनाको स्थापना दिवस भएकाले आफूले मापसे गरेको होले प्रहरीलाई बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.