चालु आर्थिक बर्षको ३ महिना पनि बिति सक्यो यो बीचमा चालू बिकास निर्माणका काम कसरी अगाडि बढेका छन ?
चालू आर्थिक बर्ष २०७६ । ०७७ का लागि स्वीकृत वजेट वमोजिम सबै कार्यक्रमहरु स्वीकृत भईसकेका छन् । खरिद योजना बनाई सकिएको छ । उपभोक्ता समितिबाट गर्ने कामकाजको हकमा उपभोक्ता समिति गठन गर्न एक महिनाको समय दिई पत्राचार गरिएको छ । भवन, सडक लगाएत आयोजना को पूर्व सम्भावता अध्ययन लागत अनुमान तयारी लगायतका कामकाज गरी ठेक्का लगाउन सूचना निकाल्न अन्तिम तयारीमा छौ । भवन निर्माण को बजेट कार्यान्वयनको तयारी चरण पुगेको छ । समग्र मर्चवारीको विकास का लागि यहाँका जनप्रतिनिधि, स्थानीनय बासी र कर्मचारीहरुको सहकार्यमा हामी अगाडी बढेका छौ ।
जनताको महत्वकान्छी अपेक्षा जनप्रतिनिधिको बल मिच्याई र कर्मचारीको जिद्धिपनले स्थानीय सरकारले निर्वाचनता का भन्ने जस्तो घर घरमा सिंहदरबार भन्ने नारालाई सार्थकता दिन नसकेको भने आम बुझाई छ । तपाईं के भन्नू हुन्छ ?
संघीय व्यवस्थापनमा मर्चवारी गाउँपालिका पनि एउटा स्थानीय सरकारको रुपमा संविधानले पहिचान गरेको छ । जनप्रतिनिधि र कर्मचारी बीचको शक्ति र विज्ञतको सम्बन्ध समन्वयकारी हुन सक्नु विगत भौगोलिक अवस्था संघीयता नेपालको लागि नौलो अभ्यास हुनु,जनशक्ति को कमी,कानुनी संरचनाको आभाव जस्ता विषयले गाउँगाउँमा सिंहदरबार को नारा आम नागरिकालाई अनुभूति गराउन नसिकए ता पनि यस आर्थिक बर्षबाट जनताका आवश्यकता,चाहना र माग सम्बोधन हुनेगरी चालु आर्थिक बर्षमा विकास निर्माण र सेवा प्रवाहमा उल्लेखनीय सुधार गरि गाउँ गाउँमा सिंह दरवार भन्ने नाराको सार्थकता दिने अभियानमा मर्चवारी गाउँपालिका पुगेको छ ।
तराई मधेशको क्षेत्रमा निजामती कर्मचारीहरु लामो समय नटिक्ने छिटो छिटो सरुवा वा काज लिएर अन्यत्र जाने प्रचलन छ । यसको मुख्य जड के हो जस्तो लाग्छ ?
मर्चवार क्षेत्रको भौगोलिक जातजाति,भाषा,संस्कृति,रितिरिवाज पृथक खालको भएको हुदा सो अनुसार कर्मचारी हरु अनुकुलन हुन नसक्नु, जनप्रतिनिधिको निहित राजनितिक शक्ति र कर्मचारी मा निहित विशिष्ट क्षमता ले समन्व रुपमा परिचान गर्नुपरेमा सो अनुसार नभएको र दुवैलाई समयको स्मरण कम हुँदै जानू, नया व्यवस्थामा कसरी काम गर्ने भन्ने अनुभवको अभाव तथा स्थानिय सरकार कायान्वयनको प्रकृयामा केहि त्यस्ता समस्या सवै तिर आएका हुन । बिस्तारै यस्तो समस्याको न्युनिकरण भैरहेको छ ।
मर्चवारी गाउँपालिकाले यहाँको जनताले देख्नेगरी यो बर्ष के कस्तो विकास निर्माणका काम गर्दै छन् ?
हामीले यो बर्ष जनताको प्रत्यक्ष फाइदा र जनविकाको पक्षमा केहि कामहरु गरेका छौ । जस बाट स्थानीय जनताको जीवनस्तर उकास्नमा सहयोग पुग्ने छ । गाउँपालिका प्रमुख लगायत सवै जनप्रतिनिधिहरुको छलफल भएर जनता सम्म पुराउँनका लागि व्यावसायिक कृषि, स्वास्थ्य र वडाको प्रशासनिक भवन निर्माण, फुसको छानो हटाउने कार्यक्रम, विपत प्रतिकार्य योजना निर्माण गरि सोही अनुसार पूर्व तयारी गर्ने, पञ्च बर्षिय विकास योजना तर्जुमा गर्ने, आधारभुत शिक्षाको गुणस्तर सुधार र पहँुच, शुद्ध खानेपानीमा पहुँच अभिवृद्धि गर्ने, गाउँपालिका लाई पूर्ण सरसफाई उन्मुख बनाउने, खेलकुद कार्यहरु र समग्र मर्चवारका लागि गाउँपालिकाले गर्न सक्ने योजनाहरु हामीले थालनी गरेका छौ ।
अन्त्यमा लुम्बिनीखबर मार्फत भनी दिनुस कि मर्चवारी गाउपालिका कसरी जनपक्षीय काम गर्दै छ ?
हाम्रो जनप्रतिनिधि भनेको जनताले अनुमोदिन भएर आएको नेतृत्व हो । जसका गाउँपालिका अध्यक्ष देखी सम्पुण जनप्रतिधिहरुले जनतासँग गरेका बाचाहरु पुरा गर्ने सोच र योजनाका साथ हाम्रो गाउँपालिका अगाडी बढेको छ । जसअनुसार सहभागिता मूलक विधिबाट योजना तर्जुमा कार्य मापन,मूल्यांकन,अनुगमन हुने गरेको , जनताको चाहना माग आवश्यकता अनुसार सेवा प्रवाहमा सुधार हुँदै गएको, योजना तथा कार्यक्रम हरु अपनाव महसुस हुने गरी लक्षित समूह को प्रत्यक्ष सहभागिता मा कार्यक्रम हरु हुन गरेको निरन्तरता, सार्वजनिक सुनुवाइ नियमित गराउने प्रयास गर्दै आएको, जनतासँग आमने सामने मिडिया साझेदारी मार्फत जनतासँग नियमित अन्तरक्रिया गर्ने प्रयास भईरहेको छ ।