वैशाख, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा डिभी० २०१७ को नतिजा आज राति प्रकाशन हुँदैछ । नेपाली समयअनुसार आज राति १० बजे प्रकाशन नतिजा सार्वजनिक हुनेछ । डिभीको नतिजाhttps://www.dvlottery.state.gov/ मा हेर्न सकिने छ ।
डिभीका विषयमा फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालमा सोमबारदेखि शुक्रबारसम्म ९बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म० केन्द्रमा फोन गर्नसकिनेछ । केन्द्रको फोन नम्बर १(८००(०९१(०११४ मार्फत संपर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ ।
अमेरिकामा रहनेले ९७०३० ९८८(३४२८ मा सम्पर्क गरेर सोधपूछ गर्न सक्नेछन् । निवेदकले कगउउयचत(लभउब२िगकतचबखभमियअक।अयm मा ईमेल गरेर पनि जानकारी लिन सक्नेछन् ।
दूतावासले डिभी विजेतालाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपाठाउने भएकाले त्यस्ता इमेलको विश्वासमा नपर्न सचेत गराएको छ ।
भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउन भन्दै कुनैपनि व्यहोराको ईमेल, चिठ्ठी या अन्य अनुरोध नपठाउने पनि प्रष्ट पारेको छ