logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न


    १ फाल्गुन २०७६ , बिहिबार

    व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न

    नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर गौतम बुद्ध इन्टरनेशनल विशाल कम्बाइण्ड हारभेष्टर सिद्धार्थनगर ३ भैरहवाका प्रबन्ध निर्देशक राम प्रसाद ठाकुरसँग लुम्बिनीखबर पत्रिकाले गरेको कुराकानी

    १. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भूमिका खेलेको छ ?
    हाम्रो व्यवसाय भनेको सेवामूलक व्यवसाय हो । हामी किसानहरुको चाहना अनुरुप धान काट्ने मेसिन उपलब्ध गराई उनीहरुको काममा छिटोछरितो किसिमले काम गर्न सहज वातावरण सृजना गरेका छौ । काम गर्ने कामदारहरुको अभावलाई मध्यनजर गरी यो व्यवसाय सञ्चालन गरेका छौ । हाम्रो कम्बाइण्डको प्रयोग बाट धान अलग पराल अलग छिटो र छरितो भइ काममा साह्रै सहज भएको छ । हामीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट कर बुझाएर देशको अर्थतन्त्रलाई सबल बनाएका छौ ।

    २. यहाँले सञ्चालन गरेको व्यवसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?
    नेपाल कृषि प्रधान देश हो । किसानसँग हामीले प्रत्यक्ष रुपमा सरोकार राख्छौ । मेसिन खरिद गर्दा किसानसँग पूँजीको अभाव भएको कारणले उधारोमा विक्रिवितरण गर्दा अलि अफ्ठेरो परेको छ । बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याजको मार परेको छ । त्यसमा पनि फाइनान्सको व्यवस्था नहुँदा पनि समस्या परेको छ । विदेशी खुल्ला नाका भएको कारणले गर्दा किसानहरुले प्रत्यक्ष रुपमा भारतबाट सामान खरिद गर्दा हाम्रो व्यवसायलाई विक्रिवितरणमा समस्या भएको छ । साथै सामान विक्री भए पनि किसानहरुले उदारोमा सामान लैजाने परिपाटीले गर्दा व्यवसाय सञ्चालन गर्न गाह्रो भएको छ । त्यसैले अहिलेको अवस्था सन्तोषजनक रहेको मान्न सकिदैन । हाम्रो व्यवसायले २० देखि २५ जना सम्मलाई रोजगार दिन सफल भएको छ ।

    ३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?
    हाम्रो व्यवसाय पूर्ण सफलता भएको भन्न मिल्दैन । विभिन्न ठाउँका स्थानीय युवा जनशक्तिहरुलाई रोजगार दिन सफल भएका छाँै तर पनि विशेष गरी किसानको आवश्यतालाई मध्येनजर गरी काम गर्दा अलिकति असहज परिस्थिति सृजना भएको छ । भावी योजना भन्नुपर्दा हाम्रो व्यवसायलाई अझ प्रविधियुक्त बनाउने, थप धान रोप्ने मेसिनको व्यवस्था मिलाउने योजनामा छाँै । कम्पनीसँग प्रत्यक्ष रुपमा समन्वय र सम्झौता गरेर अझ सुविधायुक्त प्रभावकारी मेसिन थप्ने र मेसिन किसानको घरघरमा पु¥याउने साथै २० –२५ जना बाट रोजगार बढाएर १०० देखि १५० सम्मलाई रोजगार दिने लक्ष्यमा छौँ ।

    ४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?
    व्यवसाय सञ्चालन गर्दा कठिनाइहरु त झेल्नु पर्छ नै सुरुमा व्यवस्थापन गर्दा सामानहरु बाहिरबाट ल्याउनु पर्दा निकै कठिनाई भयो । त्यस्तै बजार व्यवस्थापन नहुँदा पनि कठिनाई प¥यो । व्यवसायी सञ्चालन गर्दा विश्वाशिलो र दक्ष कामदार नपाउदा समस्या सृजना भयो । बैंक तथा वित्तिय संस्थाहरुबाट लोन लिदा चर्को व्याजदर र राज्यबाट केही प्रोत्साहन स्वरुप सहयोग नभएकोले आदि कठिनाईहरु आईपरे तर पनि आवश्यक जनशक्ति जुटाएर बैंक तथा वित्तिय संस्था बाट ऋण लिएर फिल्ड वर्कर सँग काममा समन्वय गरेर उधारो सामान दिएर उनीहरुलाई कन्भिन्स गरेर समस्याको न्युनीकरण गर्दै आइरहेका छौ

    ५. यो व्यवसाय सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पूरा भएको छकि छैन ?
    नेपाल कृषि प्रधान देश हो । हाम्रो व्यवसायले प्रत्यक्ष किसानसँग सरोकार राख्छ । किसानको आवश्यता परिपूर्ति गर्ने उद्देश्यले मैले यो व्यवसाय सुरु गरेको हुँ । सुरुमा यही व्यवसाय सुरु गर्नेहरुसँग सरसल्लाह लिए । कम्पनीमा गएर सम्झौता गरे । काम गर्दै जाँदा केही सफलता प्राप्त भए जस्तो महसुस भयो । अपेक्षा त पूरा भएको छैन, पुरा होला भन्ने आशामा छु ।

    ६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?
    नेपाल कृषि प्रधान देश हो । हाम्रो व्यवसायले प्रत्यक्ष किसानसँग सरोकार राख्छ । किसानको आवश्यता परिपूर्ति गर्ने उद्देश्यले मैले यो व्यवसाय सुरु गरेको हुँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.