logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न


    ६ चैत्र २०७६ , बिहिबार

    व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न

    नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर सिद्धार्थनगर नगरपालिका भैरहवा न्यू श्रेष्ठ छापाखनाका प्रबन्ध सञ्चालक पूर्णप्रसाद श्रेष्ठ सँग लुम्बिनीखबर पत्रिकाले गरेको कुराकानी ः

    १. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भूमिका खेलेको छ ?
    हामीले आफ्नै देशमा सफल उद्योगी भएर काम गरेका छौ । हामीले कर तिरेर देशको अर्ततन्त्रलाई सफल बनाउने हाम्रो मनशाय हो । हामीले तिरेको करमा भ्रष्टाचार नभए देशको अर्थतन्त्र सफल हुन मद्दत हुन्छ भन्ने लाग्छ ।

    २. यहाँले सञ्चालन गरेको व्यवसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?
    अवस्था भन्नु पर्दा १०–१२ वर्ष अगाडि राम्रो थियो । अनलाईन सिस्टम थिएन । त्यस कारणले गर्दा अहिले अनलाईन सिस्टम भयो, अनलाइन सिस्टम बाट मानिसलाई काम गर्न छिटो र छरित्तो हुने भएकोले ग्राहकहरुले अनलाइन सिस्टम नै रोज्न थाले त्यस कारण हाम्रो व्यापार व्यवसाय विक्री वितरणमा समस्या तथा घाटा व्यहोर्नु परेको छ । कम्प्युटरबाट ग्राहकलाई काम गर्न सजिलो हुने भएकोले स्टेशनरी सामानदेखि लिएर सबै कार्य अनलाइन बाट हुँदा अहिले हाम्रो व्यवसाय धरापमा छ । यस प्रतिष्ठानले पहिला ७ – ८ जनालाई रोजगारी दिएको थियो, अहिल ४–५ जनालाई मात्र रोजगारी दिएको छ ।

    ३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?
    सफलता पहिला राम्रो थियो । तर गास, बास, कपासको लागि चाँहि भौतारिनु परेको छैन । म आफूले मालिक भएर भन्दा पनि मजदुर भएर काम गरिरहेको छु त्यस कारण मेहनतको फल मिठै हुन्छ । भावी योजना भन्नु पर्दा यो पेशामा रहिरन सकिदैन् भन्ने लाग्छ ।

    ४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?
    यही रोजगारमा आबद्ध भएर यही पेशालाई अङ्गालेर अगाडि बढ्ने कोसिस गरे । जुन पनि व्यवसाय गर्दा कठिनाइ त निश्चय नै हुन्छ । नेपालमा कामदार नपाउने, कच्चा पदार्थको अभाव, खास हामी बोर्डर छेउमा व्यवसाय गर्नेलाई त झनै गाह्रो हुने भन्सार बढी लाग्ने, सरकारी संघ संस्थाहरुले छपाइको लागि भारतमै पठाउने र भारतबाट सामान आयत निर्यात गर्दा छुट हुने हुँदा हाम्रो व्यवसायले घाटा व्यहोर्नु परेको छ । तर पनि काम गर्दा जति कठिनाई परे पनि न्युनीकरण गरेकै छु, तर व्यापार व्यवसायप्रति हेर्ने दृष्टिकोण राज्यले बदल्नु पर्छ र राज्यबाट हामी जस्ता व्यापारीहरुको भविष्यको सुनिश्चितता नगरे सम्म हामी सफल व्यवसायी बन्न सक्तैनौ ।
    ५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?
    यो व्यवसाय रोज्नुको लक्ष्य भन्नु पर्दा आफ्नै देशमा केही गर्ने, विदेश जान मन लागेन । स्वदेशी भूमिमा केही गर्ने सोचले यो व्यसाय सुरु गरेको हो । अपेक्षा त मान्छेको अनगिन्ती हुन्छन् । अर्थतन्त्रको हिसाबले अगाडि बढ्न त जो कोहीलाई मन लाग्छ, तर नयाँ – नयाँ प्रविधिहरु आउँदा काम गर्न गाह्रो छ ।

    ६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?
    आफ्नै देशमा केही गरु भन्ने भावनाले यो व्यवसाय रोजेको हुँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.