भैरहवा, बैशाख । शान्तिका लागि संवाद परियोजना बहिर्गमन रणनीति निर्माण कार्यशाला गोष्ठी सोमबार देखी दुइ दिन सम्म चल्ने भएको छ ।
द्वन्द्व प्रभावितलाई आयजार्जन तथा जीविकोपार्जन गर्नको लागि विशेष सहयोग गर्दै आइरहेको परियोजना युएसएआईडी, केयर नेपाल, नमूना एकिकृत विकास परिषद् र लार्कको सहयोगमा रुपन्देहीको मणिग्राममा सम्पन्न भएको हो ।
दुई दिन सम्म चलेको सो कार्यशाला गोष्ठीमा परियोजनाले आज सम्म गरेका गतिविधीको समीक्षा तथा भावी दिनमा के कस्ता, कस्को सहयोगमा ?, कहिले गर्ने जस्ता गतिविधीकाबारेमा छलफल गरिएको थियो । कार्यक्रमको दोस्रो दिन नमूना एकीकृत विकास परिषद्की ज्ञानु पौडेलको अध्यक्षता, रुपन्देही जिल्ला प्रमुख विष्णु प्रसाद ढकालको प्रमुख आतिथ्यता, महिला तथा बालबालिका कार्यालय प्रमुख उषा रावल, सामाजिक विकास शाखाका दुर्गा श्रेष्ठ, स्थानीय शान्ति समिति रुपन्देही संयोजक आनन्द प्रसाद गुप्ता, सहायक जिल्ला शिक्षा अधिकारी, मनोज गैरे, जिल्ला पशु कार्यालय रुपन्देही प्रमुख गान्दीराज उपाध्याय लगायतको आतिथ्यता रहेको कार्यक्रममा संवाद परियोजनाले जीवन सिकाएको आर्थिक स्रोतकालागि बाटो देखाउन र यस्ता कार्यलाई सरकारले निरन्तरता दिनुपर्ने एबिसी नेपालका मनोज लामिछाने, द्वन्द्व पीडित जानकी घिमिरे, रुपन्देही शान्ति समिति संयोजक आनन्द प्रसाद गुप्तालगायतले बोलेका थिए । संवाद परियोजनाले द्वन्द्व प्रभावितलाई विभिन्न किसिमका तालिम दिएर सिममूलक कार्यमा लगाएकोले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने, सक्षम नागरिक बन्न सिकाएकोमा यस्तो परियोजनाको समय थप गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले बताउनुभयो ।
संवाद परियोजनाले शान्ति, पुनर्मिलन र आयआर्जन गर्न पुलको काम गरेकोले यस्तो कार्यलाई सरकारले निरन्तरता दिएमा देशका अधिकांश नागरिक सक्षम हुने नमुना एकिकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेलले बताउनुभयो । संवाद परियोजनाले पानी बारबार हुने, शत्रुको व्यवहार गर्ने जस्ता व्यक्तिलाई पुनर्मिलन गराउन सफल हुनुका साथै आर्थिक आयआर्जन गरि दिगो शान्तिको लागि पहल गर्दै आएको छ ।