logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    नेपाल—भारत पूर्व सैनिकको साधारण सभा


    २६ बैशाख २०७३ , आइतबार

    नेपाल—भारत पूर्व सैनिकको साधारण सभा

    भैरहवा, बैशाख । नेपाल–भारत पूर्व सैनिक परिवार कल्याण संगठन सिद्धार्थनगरको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ ।
    संगठनका अध्यक्ष मानकाजी गुरुङको अध्यक्षता, कर्नल भिमबहादुर थापाको प्रमुख आतिथ्यता तथा कर्नल डिवी थापाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्यकुमार सारु, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेल, संगठनका निवर्तमान अध्यक्ष क्याप्टेन रेशम केसी, पूर्व सैनिक कल्याणकारी महासंघका महासचिव कुलबहादुर केसी, बेथरी समाजका अध्यक्ष्ँ कामीराम पुन, एकीकृत भूपु संघ चिल्हियाका अध्यक्ष्ँ धनसिंह थापा, डिएबी फूलबारीका सेक्रेटरी पदमप्रताप जिसी लगायतको आतिथ्यता रहेको थियो ।
    कमानसिंह गुरुङको संचालन तथा उपाध्यक्ष परमानन्द पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
    संगठनले साधारण सभा तथा अधिवेशनको अवसरमा विविध विधामा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । स्व.राइफल मेन सेना मेडल पदक विरानी सम्मानबाट टिकाबहादुर कुंवरकी श्रीमती नरीकुमारी कुंवरलाई सम्मान गरेको छ । त्यस्तै कर्नल डिवी थापा र सुबेदार बलबहादुर बुढालाई बृद्ध सम्मानबाट सम्मान गरेकोे छ । २०७२ सालको एसएलसीमा संगठनमा आबद्ध पूर्व सैनिकहरुको छोराछोरीको तर्फबाट उत्कृष्ट हुन सफल परमानन्द पाण्डेकी छोरी मोनिका पाण्डेलाई विद्यार्थी सम्मानबाट सम्मान गरेको छ ।
    यसैबीच अधिवेशनले विष्णुप्रसाद खरेलको अध्यक्षतामा १३ सदस्यीय नयां कार्य समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा परमानन्द पाण्डे, उपाध्यक्षमा तेज बहादुर कुंवर, सचिव भूमिराज कुंवर कोषाध्यक्ष भरत के.सी.रहेका छन् । त्यसैगरी सदस्यहरुमा लेख बहादुर खड्का, भेख बहादुर कंडेल, राम बहादुर भण्डारी, चेतप्रसाद श्रेष्ठ, तिल बहादुर रायमाझी, चित्र बहादुर धुरेल, डोर बहादुर खत्री, खड्क बहादुर गुरुड्ड रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.