logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लियो द्धारा लायन सम्मानित


    २८ बैशाख २०७३ , मंगलबार

    लियो द्धारा लायन सम्मानित

    कमल रायमाझी
    भैरहवा, बैशाख । लियो क्लव अफ सिद्धार्थनगर भैरहवाले सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।
    भैरहवा स्थित होटल क्याष्ट्रलमा भएको कार्यक्रममा क्लवले लायन क्लवमा निर्वाचित भएर आएका साथिहरुलाई सम्मान तथा अभिनन्दन गरेको हो ।

    IMG_9663
    सम्मानित हुनेहरुमा लायन डिष्ट्रिक ३२५ बी २ का निर्वाचित द्धितिय गर्भनर सुनिल ओझा, लियो डिष्ट्रिक ३२५ बी २ का निर्वाचित अध्यक्ष लियो अमित कुमार गुप्ता र लियो डिष्ट्रिक ३२५ बी २ का उपाध्यक्ष शार्दुल मयुर कसौधन रहेका छन् । लियो सञ्जय के.सी. को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आथित्यता लायन पाष्ट डिष्ट्रिक गर्भनर अरुण प्रताप राणा रहेका थिए ।
    कार्यक्रममा लायन नवराज न्यौपाने, लायन ओम कुमार श्रेष्ठ, लायन बृजेश अग्रवाल, लायन दिपक श्रेष्ठ, लायन बिनोद खरेल, लियो अर्चित श्रेष्ठ, लियो सुनिल सेन्चुरी लगागतले सम्मानित हुनेहरुलाई बधाई तथा शुभकामना दिएका थिए । रिजन ६ का सम्पूर्ण लियो क्लबहरुको सहभागिता रहेको कार्यक्रमको संयोजकत्वता लियो मनोज क्षेत्रीको थियो । कार्यक्रमको संचालन भने लियो क्लब अफ सिद्धार्थनगरका सचिव अरुण पन्थीको रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.