काठमाडौं । बजेट भाषणअघि नै ढल्नबाट जोगिएको सरकारले केपी ओली नेतृत्वको सरकारले बजेटको आकार बढाउने भएको छ । विभिन्न मन्त्रालय तथा निकायहरुबाट तोकिएको सिलिङभन्दा झन्डै दोब्बर बजेट माग भएपछि सरकारले बजेटको आकार बढाएर र लोकप्रिय कार्यक्रमहरु घोपषण गर्ने तयारी गरेको हो ।

सरकार कहिले ढल्छ भन्ने टुंगो नभएपछि अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले बजेटको आकार बढाएर लोकप्रिय कार्यक्रमहरु घोषणा गर्नुपर्नेमा प्रधानमन्त्री ओलीलाई कन्भिन्स गरिसकेका छन् ।
०५१ को ९ महिने शाशनकालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ल्याएको वितरणमूखी लोकप्रिय बजेटको राजनीतिक व्याज खाइरहेको एमालेले फेरि यस्तै वितरणमुखी र लोकप्रिय बजेट ल्याउन लागेको हो ।
प्रधानमन्त्री ओलीले एमाओवादी अध्यक्ष प्रचन्डसँग यही सरकारलाई बजेट ल्याउन दिन आग्रह गर्दै बजेटपछि आफैंले प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिसकेका छन् । जकारण आफ्नै नेतृत्वमा सहमतिको सरकार निर्माण गर्ने निर्णयसमेत गरिसकको एमाओबादीले तत्काल यही सरकारको निरन्तरता दिन सहमत भएको छ ।
सरकारले बजेटमार्फत सरकारी कर्मचारीहरूको तलब बढाउने, बेरोजगार युवाहरूलार्इ विषेश सम्बोधन गर्ने, सामाजिक सुरक्षामा सरकारी खर्च बढाउने, स्वदेशी पुँजीमै ठूला अयोजनाहरूको निर्माणको घोषणा गर्ने तथा अन्य आकर्षक कार्यक्रमहरू तयार भइरहेको बजेट निर्माणमा संलग्न कर्मचारीहरू बताउँछन् ।