logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अथक यात्री प्रदीपको श्रद्धाञ्जली


    २९ बैशाख २०७३ , बुधबार

    अथक यात्री प्रदीपको श्रद्धाञ्जली

    भैरहवा, वैशाख २९ । नेपाली साहित्य तथा जनसंस्कृति क्षेत्रका अथक यात्री रामप्रसाद प्रदीपको मंगलवार भैरहवामा श्रद्धाञ्जली सभा सम्पन्न गरियो ।

    ddd
    सभाका प्रभुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य लीला गिरीले रामप्रसाद प्रदीपको नेपाली प्रगतिशील आन्दोलन तथा जनसंस्कृतिका क्षेत्रमा अद्वितीय योगदान रहेकाले वहाँको अभाव सदैव खट्किरहने बताउनु भएको थियो ।
    प्रश्रित प्रतिष्ठान नेपाल र सिद्धार्थ साहित्य परिषद्ले संयुक्त रुपमा आयोजना गरेको सो सभाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष प्रा.डा.कपिलदेव लामिछानेले गर्नुभएको थियो ।
    रामप्रसाद प्रदीप सिद्धार्थ साहित्य परिषद्का संस्थापक सचिव र पूर्व अध्यक्ष, प्रश्रित प्रतिष्ठान नेपालको काठमाडौँ शाखाका अध्यक्ष, जनक शिक्षा सामग्री केन्द्रका पूर्व महाप्रबन्धक, प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय सदस्य, जनसांस्कृतिक महासंघ, माइलास्टोन कलेज आदि साहित्यिक, सांस्कृतिक, शैक्षिक र वित्तीय संघ संस्थासँग सम्बद्ध हुनुहुन्थ्यो । वहाँको यही वैशाख १७ गते हृदयाघातबाट काठमाडौँमा निधन भएको थियो ।
    सभामा सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले रामप्रसाद प्रदीपको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै नेपाली साहित्य र जनसंस्कृतिको विकासमा वहाँको विशिष्ट स्थान रहेको जानाकारी दिनुभएको थियो ।
    शहीद स्मृति पुस्तकालयका अध्यक्ष घनश्याम गौतम, सिद्धार्थ साहित्य परिषद्का पूर्व अध्यक्ष विजय सागर, बालकृष्ण भट्टराई, मणिराम भट्टराई, भीम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हितराज पन्थी, नेकपा एमाले रुपन्देहीका उपसचिव तथा परिषद्का पूर्व सचिव राजेन्द्र पन्थी, रुपन्देही क्याम्पसका अध्यक्ष डा.रामप्रसाद बस्याल, क्याम्पस प्रमुख बाबुराम अर्याल, जीवराज आश्रित प्रतिष्ठानका पूर्व अध्यक्ष देवेन्द्र घिमिरे, प्राज्ञ बुँद राना आदिले रामप्रसाद प्रदीपको योगदानमाथि प्रकाश पार्नुभएको थियो ।
    अध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले रामप्रसाद प्रदीपले प्रगतिशील गीत, गजल र नाटकका विकासमा उल्लेख्य योगदान पु¥याएको चर्चा गर्नुभयको थियो ।
    रुपन्देही क्याम्पसको सभाकक्षमा सम्पन्न कार्यक्रममा वक्ताका अतिरिक्त, साहित्यकार वनमाली निराकार, रमेश समर्थन, मोदनाथ शास्त्री, तेजप्रसाद पन्थ, गंगा अभिलाषी, डा.शंकर प्रसाद नेपाल, रुद्र ज्ञवाली, तिलक लामिछाने, स्थानेश्वर पौडेल, डी.बी. पुन, सनतकुमार श्रेष्ठ, उमेशचन्द्र रिजाल, कमल पोखरेल, सुशील पौडेल, लक्ष्मीप्रसाद अधिकारी, ममता माडव्य, सन्ध्या खनाल, पत्रकार पुनहरि बेलबासे, सञ्चारकर्मी शंकर पाण्डे आदिको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.