भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का रुपन्देही जिल्ला ईन्चार्ज राम प्रसाद बन्जाडे ‘टंकमणी’ ले सुकुम्बासीको समस्याको स्थायी समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन् । बुधबार देवदहमा आयोजित अखिल नेपाल सुकुम्बासी संघ देवदहको दोस्रो भेलालाई सम्बोधन गर्दै नेता टंकमणीले उक्त कुरा बताएका हुन् ।
माओवादी भुमिहिन, सुकुम्बासी, मजदुर र किसानको पार्टी भएको उल्लेख गर्दै नेता टंकमणीले पार्टी सधै आफ्नो आधारभुत वर्गको साथमा रहेको उनले बताए । स्थानीय पार्टी नेताहरुलाई निर्देशन दिँदै उनले पार्टी निर्माण गर्ने क्रममा भुमिहिन सुकुम्बासीलाई महत्व दिन र उनीहरुलाई नेतृत्वदायी भुमिका दिनुपर्ने कुरामा जोड दिएका थिए ।
उक्त भेलाले बम बहादुर श्रीस अध्यक्ष र शिव रिजाल सचिव रहेको २९ सदस्यीय कमिटी गठन भएको संघका जिल्ला अध्यक्ष चोडाप्रसाद चापागाईंले जानकारी दिए ।
भेलामा संगठनका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भरत तिवारी, पार्टी क्षेत्रीय इन्चार्ज मोतिलाल ढकाल, नगर पार्टी संयोजक केदारनाथ काफ्ले लगायतले बोलेका थिए ।
संगठनका जिल्ला अध्यक्ष चुडाप्रसाद चापागाईंको अध्यक्षता तथा गणेश विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।