logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    किन निदाउँछ हात– खुट्टा ?


    ३० बैशाख २०७३ , बिहिबार

    किन निदाउँछ हात– खुट्टा ?

    प्रायजसो मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको अनुभव गरेका हुन्छन् । खुट्टा निदाउँदा एकछिन त निकै पीडा हुन्छ । उभिन र हिड्न पनि सकिदैंन । आखिर किन यस्तो हुन्छ ? हामी सोच्छौं खुट्टामा पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण निदाउने हुन्छ । तर यसो नभई खुट्टा नसाका कारण निदाउँछ । यो शरीरमा हुने साना तारजस्तै हुन्छ । नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने लैजाने काम गर्छन् ।

    index

    यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । लामो बेला–बेलामा हात, खुट्टामा यस्तो अनुभव गर्छन् ।  लामोसमयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ ।

    यी नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पु¥याउँने काम गर्छ । यी फाइबरको मोटाई पनि कम या बढी दुवै हुन सक्छ । यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो । यसमा दबाब पर्दा मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसन्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ । यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सन्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ ।

    यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन । तर केही समयमा लागि अनौठो महसुस हुन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.