logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    कोरेक्ससहित भारतीय पक्राउ


    ३० बैशाख २०७३ , बिहिबार

    कोरेक्ससहित भारतीय पक्राउ

    ३० वैशाख, भैरहवा । लागूऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाले रुपन्देहीको सिमानाका बेलहिया क्षेत्रमा १० लिटर लागुऔषधसहित २ जना भारतीय नागरिकलाई पक्राऊ गरेको छ ।

    00
    ब्युरोका प्रहरी हवल्दार प्रभु कोहारको नेतृत्वमा खटिएको टोलीले लागूऔषध सहित २ भारतीयलाई पक्राऊ गरेको हो ।
    पक्राउ पर्नेहरुमा भारर्तीय सिमावर्ती बजार थाना कोतवाली सुनौली ग्राम जुगौलीका २८ वर्षीय सुरेश गौड र सोही स्थानका १२ वर्षीय श्याम शाह रहेको ब्युरो शाखा भैरहवाका हवल्दार कोहार बताए ।

    उनीहरुले लागुऔषध ओसारपसारमा प्रयोग गरेको लु ७ प ५७५८ नम्बर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मोटरसाइकलको सिट माथि १० लिटर कोरेक्स ग्यालेनमा लुकिछिपी ल्याइरहँदा गौड र शाह पक्राउ परेका हुन् । उनीहरुले सिमावर्ती भारतीय बजारमा रहेको वर्मा मेडिकलबाट कोरेक्स खरिद गरेको प्रराम्भिक अनुसन्धानमा खुलेको र थप अनुसन्धान भइरहेको ब्युरोका हवल्दार कोहार बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.