logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    चीनको लान्चोउ–काठमाडौं रेल सेवा सुरु


    ३१ बैशाख २०७३ , शुक्रबार

    चीनको लान्चोउ–काठमाडौं रेल सेवा सुरु

    वैशाख ३१
    काठमाडौं–चीनको उत्तरपश्चिम प्रान्त कान्सुको राजधानी लान्चोउबाट प्रस्थान गरेको रेलमा अगाडि रातो ब्यानरमा लेखिएको छ– दक्षिण एसियाली अन्तर्रा्ष्ट्रिय रेल यातायात, लान्चोउ—सिगात्से—काठमाडौं ।

    गन्तव्य लान्चोउदेखि काठमाडौंसम्म भनिए पनि रेल सिगात्सेसम्म मात्र पुग्ने हो । तर, त्यसले बोकेका कन्टेनर काठमाडौं आइपुग्नेछन् । तर, पनि कान्सुको इकोनोमिक डेली मात्र होइन, चीनको प्रसिद्ध राष्ट्रिय दैनिक पिपुल्स डेलीको अनलाइन संस्करणमा पनि भनिएको छ– चीनदेखि काठमाडौंसम्म पहिलो रेल यातायातको सुरुवात । यो समाचारलाई काठमाडौंका मिडियाले उत्साहपूर्वक र दिल्लीका मिडियाले सतर्कतापूर्वक प्रकाशित गरेका छन् ।

    train-from-china
    बुधबार सुरु भएको यातायातको नयाँ सञ्जालले चीन र नेपालको व्यापारलाई धेरै सहज बनाएको छ । समुद्री बाटोबाट महिनौं लगाउने सामान अब १० दिनको सेरोफेरोमै काठमाडौं पुग्नेछन् । यसरी अहिलेसम्म लाग्दै आएको ३५ दिनको बाटो जोगिने भएको छ ।

    रेल प्रस्थान गर्नुअघि लान्चोउमा औपचारिक कार्यक्रम गरिएको थियो । लान्चोउ अन्तर्रा्ष्ट्रिय पोर्ट डिस्ट्रिक्टबाट प्रान्तीय कमिटी तथा पार्टी सेक्रेटरी यू हैयानले रेल प्रस्थानको घोषणा गरेका थिए । नेपालबाट गएका व्यापारीहरूले ताली पिटेर उनलाई साथ दिएका थिए । कार्यक्रममा नेपालबाट काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी रुद्रसिंह तामाङ पनि उपस्थित थिए । उनी काठमाडौं र लान्चोउलाई भगिनी महानगर बनाउने औपचारिक कार्यक्रममा त्यहाँ पुगेका हुन् ।

    लान्चोउ डिस्ट्रिक्टका व्यवस्थापकीय समितिका उपनिर्देशक निउ सियाङतोङले यो नयाँ रेल सेवाले भारतीय मार्गलाई उपेक्षा नगरेको बताए । ‘रेल खुल्नु भनेको चीनका प्रान्तहरुबाट दक्षिण एसिया सामग्री पुर्याउन भारतीय समुन्द्रलाई बाइपास गर्नु होइन् तर जमिनबाट सीधा सर्कल हुादा यातायात खर्च कम हुनेछ। हाम्रो उद्देश्य त्यतिमात्र हो ।’

    चीन रेलवे कन्टेनर यातायात लिमिटेड कम्पनीका अध्यक्ष उ युनथियान, तिब्बत स्वायत्त क्षेत्रका उपमहासचिव लोङ इन वाटरसिड, कान्सु प्रान्तीय सरकारका उपमहासचिव जर्नेल चियाङ युनपिङ, ल्हासा नगरपालिका कमिटीका उपमेयर छन वनछियाङ, सिगात्सेका उपमेयर चाङ सिउऊ कार्यक्रममा उपस्थित थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.