logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    भारतको नजर अब थारुमाथि


    १ जेष्ठ २०७३ , शनिबार

    भारतको नजर अब थारुमाथि

    काठमाडौं–मधेसकेन्द्रित आन्दोलनमा उक्त क्षेत्रका प्रभावशाली आदिवासी थारुहरुको संलग्नता न्यून र उदासीनता बढी देखिएको बेला उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक र वाहृय प्रयास हुन थालेका छन् ।

    images

    वैशाख १४ देखि १६ गतेसम्म चितवनको सौराहामा सम्पन्न अन्तर्राष्ट्रिय थारु सम्मेलनमा नेपालका विभिन्न भागहरुसँगै भारतबाट पनि थारुहरु सहभागी थिए ।

    त्यसको दुई सातापछि भारतको उत्तरप्रदेशअन्तर्गत लखिनपुर खिरीमा सहकार्य र समन्वयका साथ रोटीबेटीको सम्बन्ध भएका समुदायहरुसँगै अघि बढ्नुपर्ने निर्णय गरिएको त्यहाँ सहभागी स्रोतले बतायो ।

    भारत सरकारका प्रतिनिधिहरुसमेत समावेश ती सम्मेलनमा थारुहरु भारतका लागि मधेसीजत्तिकै नजिक भएको स्पष्ट संकेतमात्र दिइएन, आगामी दिनमा सरकारद्वारा दिइने छात्रवृत्तिसँगै विशेष विकास योजना थारुहरुप्रति लक्षित हुने आश्वासन दिइएको छ ।

    भारतीय एजेन्सीहरुले मधेस आन्दोलनलाई जस्तै थारु समुदायभित्र घुसी उनीहरुलाइ आन्दोलित गर्ने रणनीतिका रुपमा यसलाई नेपाल सरकारले हेरेको छ । अन्नपूर्ण पोष्ट

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.