logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ३४ अर्ब रुपैयाँको ‘सबैभन्दा महँगो घर


    २ माघ २०७८ , आइतबार

    ३४ अर्ब रुपैयाँको ‘सबैभन्दा महँगो घर

    एजेन्सी. अमेरिकाको सबैभन्दा महँगो घरको मूल्य अघिल्लो वर्षको तुलनामा अब निकै कम भएको छ । २१ बेडरुम भएको यो विलासी घरको मूल्य अब २०५ मिलियन डलर अर्थात् २४ अर्ब रुपैयाँ भएको छ । यसअघि यो घरलाई २९५ मिलियन डलर अर्थात् ३४ अर्ब रुपैयाँमा बिक्रि गर्न चाहन्थे ।

    ‘द सन’ मा छापिएको एक खबर अनुसार यो शानदार घर बनाउन अर्बौँ रुपैयाँको खर्च भएकमो छ । यो अहिले पनि पूर्ण रुपमा बनेको छैन । तर कम्पनी टाट पल्टिएका कारण यसलाई बेचिँदैछ । हलिउड निर्माताबाट डेभलपर बनेकी निल नियामीले सात वर्ष अघि यो घरको निर्माणका लागि ६ सय कर्मचारीलाई काममा राखेकी थिइन् ।

    अघिल्लो वर्ष जनवरी महिनामा यसलाई लिलाम गर्नका लागि सुचिबद्ध गरिएको थियो । तर पछि घरलाई बिक्रिको सूचीबाट हटाइएको थियो । तर अब घरका मालिक ऋणमा डुबेका कारण एकपटक पुनः यसलाई कम मूल्यमा बेच्ने निर्णय गरिएको छ ।

    क्यालिफोर्नियाको पहाडी इलाकामा बनेको यो घरको नाम ‘द वान’ हो । यो १० हजार वर्ग फिटमा फैलिएको छ । यो घरमा २१ बेडरुम, चार स्विमिङ पुल, ४५ सिट भएको सिनेमा हल, ३० वटा कार राख्न मिल्ने ग्यारेज, दौडनका लागि रनिङ ट्र्याक, एउटा इन्डोर स्पा, एउटा ब्यूटी सैलुन बनाइएका छन् । यो घर चारैतिरबाट खुल्ला छ, यहाँबाट पूरा शहरको रमणीय दृश्य देख्न सकिन्छ । यो घरका छिमेकीमा हलिउड स्टार पनि छन् ।

    नियामीले भनेकी थिइन्, ‘यदि तपाईंसँग मोनालिसाजस्तो कुनै दुर्लभ चिज भएको भए तपाईं कुनै पनि मूल्यमा त्यो बेच्न सक्नुहुन्छ ।’ तर उनको सवालमा यस्तो हुन सकेन । उनले आफ्नो यो आलिशान घरलाई कम मूल्यमा बेच्नु परिरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.