कमल रायमाझी
भैरहवा,जेठ १ गते । लुम्बिनी वल्ड पिस फोरम नेपालले विश्व शान्तीको कामना गर्दै २५६० औ वुद्ध जयन्तीको अवसर पारेर आर्ट क्याम्प कार्यक्रम गर्ने भएको छ ।

विगत वर्ष देखी विश्व शान्ती, सदभाव र वुद्धको विषयमा प्रचार प्रसारका तल्लीन रहेको यो लुम्बिनी वल्ड पिस फोरम नेपालले सामाजिक सदभावका लागी यो कार्यक्रमको आयोजना गर्न लागिएको वताएको छ । 
कार्यक्रममा लुम्बिनी र काठमान्डौका कलाकर्मीहरुको सहभागिता रहने आयोजकले जानाकारी दिएको छ ।
ललितकला प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपती किरण मान्नधर,नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनवहादुर याख्हहरुले कला मार्फत शान्तीको सन्देश फैलाउने उद्धेश्यले आर्ट क्याम्पको आयोजना गरिएको लुम्बिनी वल्ड पिस फोरमका अध्यक्ष वासु गौतमले वताए ।
यस वर्ष देखी सुरु गर्न थालिएको आर्ट क्याम्प वुद्ध जयन्तीको अवसर पारेर आगामी वर्षहरुमा समेत निरन्तरता गरिने आयोजकले जानाकारी दिएको छ ।

कलाकर्मीहरुले लुम्बिनीमा श्रृजना गरेको कला इटालीको रोम,जापानको हिरोसिमा, नागाशाकी, सिंगापुर लगाएतका देशहरुको विश्व शान्तीको कामना गर्दै प्रदर्शन समेत गरिने लुम्बिनी वल्ड पिस फोरमका अध्यक्ष गौतमले वताए ।
कार्यक्रममा १२ जना कलाकारहरु सहभागी हुने भएका छन् । जसमा विके नरवहादुर,मान गोल्डी,डि. राम पाल्पाली, केशम राज खनाल,डि. वराल , खेम विके, विष्णु गदाल,शैलेन्द्र गुरुङ,दोर्जे गुरुङ लामा,विनोद गलामी र नविन जंगली रहेका छन् ।
कार्यक्रम महामानव गौतम वुद्ध जम्मेका स्थान मायादेवी मन्दिर परिशरमा हुने भएको छ । यसका लागी नेपाल पर्यटन वोर्डले समेत प्रर्वधन गर्ने छ ।

लुम्बिनी वल्ड पिस फोरमका अध्यक्ष वासु गौतम
वुद्धको शान्तिको सन्देश विश्वमाझ पुराउने उद्धेश्य वोकेर अगाडी वढिरहेको लुम्बिनी वल्ड पिस फोरमले अहिले आफ्नो गतिविधिहरु संसार भर फैलाउने प्रयास गरिरहेको छ । लुम्विनी क्षेत्रमा समेत यसले विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो शान्तिको सन्देश सञ्चार जगत मार्फत अन्तराट्रियजगतमा पुराएको छ ।