रबिन्द्र प्रताप गुप्ता
भैरहवा, जेठ । निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल संस्था कोशिश भैरहवाले नवलपरासीको परासीमा निःशुल्क महिला स्वास्थ्य शिविर गरेको छ ।

महिला स्वास्थ्य शिविरमा रामग्राम नगरपालिका र त्यस क्षेत्र आसपासका गाविसबाट गरी कुल ४ सय २५ विरामीहरु स्वास्थ्य परीक्षण गर्न आएको सस्थाका सञ्चार संयोजक सुवास गुप्ताले जानकारी दिए ।
विशेस गरि पहिलाको प्रज्वनन सम्वन्धीत समस्याहरु र ग्याष्ट्रिकका समस्याहरु स्वास्थ्य परिषणमा पाइएको स्वास्थ्य विशेषयहरुले वताएका छन् ।
सस्थाको आयोजनामा भएको यो शिविरले आगामी दिनहरुमा समेत गरिने वताइएको छ ।
स्वास्थ्य शिविरमा कोशिश भैरहवाका सदस्यहरु मनिष खतिवडा,सञ्जय यादव,शिशिर झा,राजीव यादव,सौरभ झा,सतिष दास,सन्तोष यादव,मोहम्मद जफर आलम,दिपेश श्रेष्ठ,नविन रोकाय,रीना लामिछाने,राधिका अधिकारी,प्रतिभा गाउँली,सन्तोष यादव,राजीव राय यादव,जंग बहादुर चापागाई,अमित साह,रोशन चौधरी,विवेक श्रेष्ठ,मयनक राज कर्ण,अभिन्ब कर्ण,अशोक पण्डित,अनुराग नाथ शुक्ला,प्रशान्त महतो,सुवास गुप्ता,आनन्द झा,किशन थापा,मोहम्मद र रिजवान आलमको सहभागिता रहेको थियो ।