logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    गरिमामय व्यक्तित्व (बुद्ध) एक दृष्टि


    ३ जेष्ठ २०७३ , सोमबार

    गरिमामय व्यक्तित्व (बुद्ध) एक दृष्टि

    ganga ligal

    गंगा लिगल

    गरिमामय व्यक्तित्वका धनी गौतम बुद्धको गौरव गाथाले विश्वको ईतिहासलाई नै गरिमामय बनाएको कुरा सर्वविदित छ । बुद्ध धर्मले नेपालका उत्कृष्ट संस्कृति र कलाको सृजना शान्तपूर्ण र सहिष्णुतापूर्ण धार्मिक परम्पराको विकास तथा विश्व बन्धुत्वको उदार भावनाको उत्थानमा विशेष टेवा पुु¥याएको छ । अर्कोतिर नेपालले पनि बुद्ध धर्मका तीनै रत्न (क) बुद्ध, (ख) धर्म, (ग) संघ प्रति योगदान गरेको छ ।
    बुद्धले बोधीज्ञान गयाजीमा पिपलको बोटमुनि प्राप्त गरे तर त्यो ज्ञान उनमा एक्कासी फुरेको होइन । यसको उपलब्धि त उनकै कयौँ वर्ष अगाडि देखि अटुट रुपले गरी आएको गहन चिन्तन, कठिन परिश्रम र अनवरत लगनशीलता आदिको परिणाम हो  ।  बुद्धको जन्मस्थल लुम्बिनी र तत्कालीन कपिलवस्तु भन्नु नै वर्तमान नेपालमै आएको यथार्थताको कारण बौद्ध धर्मको विशेष गरी बुद्ध धर्म र संघको सापेक्षमा यसले पु¥याएको सघाउ स्पष्ट र विशिष्टपूर्ण देखिन्छ ।
    राजकुमार सिद्धार्थले १९ वर्ष पुगेपछिमात्र ‘महाभिनिएक्रमण’ गरेका थिए भने त्यस अवधि भित्र उनी कपिलवस्तुमै जीवनयापन गरेका थिए । यहाँको प्राकृतिक सौन्दर्य र त्यसबेला उपलब्ध सम्पूर्ण सुख सुविधा उपभोग गरेर पनि उनको चिन्तनको एकमात्र विषय थियो ‘मनुष्य मात्रको साझा समस्या’  । मानव जीवनका मूलभूत दुःख, कष्टहरु कसरी निवारण गर्ने यसै सन्दर्भमा उनी आफू बसेको गाउँको, सहरको भ्रमण गर्ने मौका पाए । यसैको सिलसिलामा उनलाई सांसारिक यर्थाथताको बोध भयो ।
    मानवलाई मात्र होइन सम्पूर्ण प्राणीलाई जन्म, व्याधि र मरणले अनिवार्य रुपले सताउने रहेछ भन्ने प्रत्यक्ष अनुभव सिद्धार्थ गौतमलाई कपिलवस्तुमै भैसकेको थियो । यही बस्दा नै उनको कोमल हृदयमा दुःखबाट छुटकारा पाउन उत्कृष्ट अभिलाषाको जागरण  भैसकेको थियो ।
    राजकुमार सिद्धार्थको कोमल हृदयमा दिन रात मनुष्यका यी अवश्यम्भावी दुःखहरुको चिन्तन मडारिइरहन्थ्यो । उनलाई सांसारिक दुःखबाट भुलाउने राजा शुद्धोदनका सबै प्रयत्नहरु निष्क्रिय भए । १९ वर्षसम्म अनुभव गरेका जीवनमा विकराल यथार्थहरु ती महत्वपूूर्ण तत्व हुन जसले उनलाई पछि बुद्धत्व प्राप्त गर्नमा सघाउ पु¥यायो ।  यसबाहेक बुद्धलाई बोधी ज्ञान प्राप्त भएपछि पनि कपिलवस्तु र कोलीय राज्यले उनको बुद्ध संघलाई दरिलो पार्नेतर्फ धर्मलाई व्यापक रुप दिने तिर निकै नै योगदान गरि नै रह्यो ।
    उनी भगवान बुद्धका रुपमा आईसकेपछि सारनाथ मृगवा वनमा पहिलो पल्ट धर्म प्रवर्तन जुन पाँच जना शिष्यह्रुलाई गरे ती पंच भद्र वर्गीय भिक्षुछ कपिलवस्तुकै वासिन्दा थिए ।  सिद्धार्थको जन्मको समयमा नामाकरण संस्कार गर्दा १०८ ब्राह्मणहरु बोलाइएका थिए । त्यसमध्ये सबभन्दा कान्छो ब्राह्मणले बुद्ध चक्रवर्ती राजा होइन बुद्ध नै बन्नेछन् भनेका थिए । तीन १०८ मध्ये केवल ४ जनाले मात्र सन्यास लिन तयार भए । यसरी प्रव्रजित भएर प्रारम्भ देखि बुद्धका अनुयायी भएका पंचभद्र वर्गीय भिक्षु ५ जना नै कपिलवस्तुकै वासिन्दा थिए । जसले बुद्धका ज्ञानलाई मनन, चिन्तन र हृदयंगम गर्न सफल भए ।
    बुद्ध समेत ६ जना भिक्षुहरुको यही समूहले नै पहिलो ‘बौद्ध संघ’ निर्माण गर्न सफल भयो । जसले भविष्यमा यसलाई विशालतारुपी गरिमामय सिँढी चढी अक्कासिन सहज भयो । जसको व्यक्तित्वको वर्णन गुलाबको महकझैँ चौतर्फी सुवास दिन सफल भएको छ ।
    आज शान्तिका अग्रदूत बुद्धका सिद्धान्तलाई विश्वले नै मान्यता र मर्यादाको माथिल्लो तहमा स्थान दिएको छ  भने आजका मानव उनको पवित्र नामको स्मरण गर्ने बित्तिकै आफूलाई गौरवान्वित ठान्दछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.