logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    विद्युत आउँछ, आयो भन्न नपाउँदै गै जान्छ


    ५ जेष्ठ २०७३ , बुधबार

    विद्युत आउँछ, आयो भन्न नपाउँदै गै जान्छ

    कमल रायमाझी
    भैरहवा,जेठ ५ गते । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भैरहवा मनिङ वाक ग्रुप सिद्र्धाथनगरले स्थानिय स्तरमा अनियमितता भएको भन्दै बुधवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको कार्यकक्षमानै पुगेर मर्निङ वाक ग्रुपले स्थानियस्तरमा हुने अनियमितताका कारण सिद्धार्थनगर नगरबासी पीडित बनेको गुनासो समेत गरेका थिए ।

    IMG_5528
    उनीहरुले भने, “रातभरी विद्युत हु“दैन । साना बच्चाहरु चिच्याई चिच्याई रोईरहेका हुन्छन् । आम सर्वसाधारणहरु समेत सुत्न सक्ने स्थिति छैन । विद्युत आउ“छ आयो भन्न नपाउ“दै फेरी गईहाल्छ । विद्युतले दिने हाई भोल्टेज र लो भोल्टेजका कारण विद्युतीय सामग्रीहरु फ्रिज, पंखा, बल्बहरु सबै जलेर नष्ट भैसके यसको क्षतिपूर्ति कसले दिने ? भन्दै प्रमुख जिल्ला अधिकारीलाई मर्निङ वाक गु्रपका सदस्यहरुले पालैपालो उठेर आ–आफ्ना गुनासाहरु राखेका थिए ।”
    गु्रपका सदस्यहरुले नेपाल खानेपानी संस्थानले समेत फोहोर पानी वितरण गर्दा झाडापखाला र हैजाले नगरबासी हैरान परेको बताएका थिए ।
    सिद्धार्थनगर नगरपालिकाको लुम्बिनीरोडमा रहेको नेपाल खानेपानी संस्थानले वितरण गरेको खानेपानीको पाइप ढल र नालीका बीच–बीचमा फुटेका छन् । ढल  र नालीको पानी पाइपभित्र पसेर नगरबासीको घरघरमा पुगेका कारण झाडापखालाले हैरान बनाएको गुनासो प्रमुख जिल्ला अधिकारीलाई उनीहरुले राखेका थिए ।
    सिद्धार्थनगर नगरपालिकाको कार्यालय समेत गैरजिम्मेवारीपूर्ण रुपमा आफ्ना क्रियाकलापहरु गरेका कारण आम सर्वसाधारणले हैरानी खेप्नुपरेको भन्दै मर्निङ वाक गु्रपका सदस्यहरुले बुद्धचोकदेखि पक्लिहवा सम्मको बाटोमा खाल्डैखाल्डो छ, त्यो बाटो कहिले बनाउने हो  ? सडकका छेउमा बनाइएका व्यक्तिगत घर तथा भवनहरुबाट पानी परेको समयमा सिधै बाटोमा पानीका धाराहरु छोडिएका छन् त्यो कसले अनुगमन गर्ने हो ? मल्लकालीन शैलीमा निर्माण गरिएको लुम्बिनीगेटको वरीपरी थुपारिएका सिमेन्ट र छडहरु कसले हटाउने हो ? विवाह र व्रतबन्ध जस्ता समयमा बाटोमा फोहोर यत्रतत्र फालिएको हुन्छ, यसको अनुगमन नगरपालिकाले गर्नुपर्ने हो कि होइन ? अहिले एडिबीले बनाउ“दै गरेका नालीहरु पिचमाथि ढलान गरिएको छ, हिलोमाथि सिमेन्ट लगाइएको छ, यसको गुणस्तरीयताप्रति नगरपालिकाले ध्यान नदिएको कारण सुन्दर नगर बन्ने सपना सपनामै सीमित हुने देखिएका कारण यस्ता कुराहरुमा प्रमुख जिल्ला अधिकारीले अभिभावकको रुपमा गलत कुराहरुको अनुगमन र निर्देशन दिनुपर्ने भन्दै उनीहरुले विनम्र अनुरोध गरेका थिए ।

    IMG_5524
    भारतबाट लुम्बिनी आउने पर्यटकहरुलाई उतैबाट आउने गाइडहरुले गलत सूचना प्रवाह गरी एक दुई घण्टा लुम्बिनी घुमाई पुनः भारत फर्काउने गरेका छन् । यसको अन्त्यका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष उनीहरुले गुनासो व्यक्त गरेका थिए ।
    बेलहियाको अध्यागमन कार्यालयले समेत गाईडले बोरामा हालेर ल्याएका पासपोर्टहरुमा छाप लगाईदिने र भिसा दिने गरेका कारण विदेशबाट आउने पर्यटकहरुलाई नेपाल प्रवेश गरेको पत्तै नहुने गरेका प्रशस्त प्रमाणहरु भेटि“दाभेटिदै समेत सम्बन्धित निकायले ध्यान नदिने गरेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई सचेत गराउन खोजेका थिए ।
    मर्निङ वाक गु्रपका अध्यक्ष विजय सागरले विद्युत, खानेपानी र नगरपालिकाको कार्यालयमा गुनासाहरु लिएर आफूहरु पटक–पटक जा“दा पनि सुनुवाई नभएको समेत प्रमुख जिल्ला अधिकारीसमक्ष्ँ बताएका थिए ।
    प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले पनि स्थानीय स्तरमा अनियमितता हुने गरेको स्वीकार्दै यसको लागि आफू प्रतिबद्ध भएर अनुगमन गर्ने भन्दै आपसी छलफलबाट समस्या समाधान गर्नतिर आफू अग्रसर हुने उपस्थित मर्निङ वाक गु्रपका सदस्यहरुलाई बताएका थिए ।
    गुनासो लिएर जानेहरुमा भैरहवा मर्निङ वाक गु्रप, वैदिक सनातन धर्म समिति, नेवाः खल सिद्धार्थनगर, सिद्धार्थ होटल एशोसिएसन, सिद्धार्थ साहित्य परिषद् लगायतको उपस्थिति रहेको थियो ।
    जसको नेतृत्व मर्निङ वाक गु्रपका विजय सागरले गरेका थिए भने उनको साथमा प्रा.डा. कपिलदेव लामिछाने, राजु नारायण श्रेष्ठ, बाबुनारायण के.सी., डिल्लीराज भट्टराई, चन्द्रप्रकाश श्रेष्ठ, भरत पोखरेल, ओमकार गौचन, जानुका भट्टराई, निधानचन्द्र श्रेष्ठ, रामबहादुर श्रेष्ठ, विजय नारायण श्रेष्ठ, सुवर्ण शाक्य लगायत सहभागीता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.