लुम्बिनीखवर
भैरहवा, जेठ । रुपन्देही क्याम्पसले अभिभावक भेला सम्पन्न गरेको छ ।भेलाले अभिभावक शिक्ष्ँक संघको तदर्थ समिती पनि गठन गरेको छ । भेलाले बालानन्द भट्टराई अध्यक्ष्ँतामा अभिभावक र शिक्षक समावेश रहेको समिति गठन गरेको छ ।
जसको सदस्यहरुमा अर्जुन गौंड,सन्त प्रशाद कुर्मी, बेचन बरई, फुलमति बरई, नेरुलहुदा खान, देवी क्षेत्री, शान्तादेवी भूसाल, सुरेश कुर्मी,ओम प्रसाद पौडेल र रंगेश वाग्ले रहेका छन् ।

समितिले सल्लाहकारहरुको टिम समेत गठन गरेको जसमा सस्थापक क्याम्पस प्रमूख प्रा.डा. कपिलदेव लामिछाने,पूर्व क्याम्पस प्रमूख मणिराम भट्टराई र पूर्व क्याम्पस प्रमूख प्रा.डा. गितु गिरी रहेका छन् । कार्यक्रममा प्रा.डा. गितु गिरी,अभिभावक डम्बर प्रसाद भट्टराई,यादव प्रसाद पोख्रेल लगायतले बोलेका थिए । पूर्व क्याम्पस प्रमूख मणिराम भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पब्लिक क्याम्पस प्राध्यापक संघ ईकाई समितीका सभापति मोतीलाल सुवेदीले गरेका थिए ।