logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    शान्तिका लागि चित्रकला प्रदर्शनी


    ९ जेष्ठ २०७३ , आइतबार

    शान्तिका लागि चित्रकला प्रदर्शनी

    लुम्बिनीखबर
    भैरहवा, जेठ ८ । लुम्बिनी वल्र्ड पिस फोरम नेपालले विश्व शान्ति र सामाजिक सद्भावको लागि लुम्बिनी आर्ट क्याम्पको आयोजना गरेको छ ।
    art camp (21)

    २५६० औँ बुद्धजयन्तीको अवसर पारेर आर्ट क्याम्पको आयोजना गरेको पिस फोरम नेपालका अध्यक्ष वासु गौतमले बताए । बुद्धको विषयमा प्रचार गर्नका लागि गरिएको आर्ट प्रदर्शनीमा नेपालका प्रख्यात चित्रकारहरुले बुद्धजयन्तीको अवसर पारेर लुम्बिनीको मायादेवी परिसरमा बुद्धसँग सम्बन्धित चित्रहरु कोरेर प्रदर्शनी गरेका थिए ।

    art camp (17)
    कार्यक्रममा लुम्बिनी देखि काठमाण्डौसम्मका कलाकर्मीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । यसै वर्षदेखि सुरु गरिएको आर्ट क्याम्पलाई अब बुद्ध जयन्तीको अवसर पारेर प्रत्येक वर्ष संचालन गरिने समेत उनीहरुले जनाएका छन् ।

    art camp (21)art camp (18)

     
    उनीहरुले प्रदर्शन गरेको चित्रकला लुम्बिनीमा आउने हजारौँ पर्यटकहरुले अवलोकन गरेका छन् । चित्रकला प्रदर्शन र कार्यक्रम आयोजना गर्नको लागि नेपाल टेलिकम, माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल पर्यटन बोर्डले सहकार्य गरेको समेत आयोजकले बताएका छन् । जसको खर्च करिब २ लाख रुपैयाँ लागेको छ ।

    art camp (16)art camp (25)
    कलाकर्मीहरुले लुम्बिनीमा सिर्जना  गरेको कला इटालीको रोम, जापानको   हिरोसिमा, नागासाकी, सिंगापुर, अमेरिका लगायतका देशहरुमा समेत प्रदर्शन गर्ने भएका छन्  । कार्यक्रममा १० जना कलाकारहरुको सहभागिता रहेको थियो । जसमा बिके नरबहादुर, मान गोल्डी, डि.राम पाल्पाली, केशम राज खनाल, डि. बराल, खेम विके, विष्णु गदाल, शैलेश गुरुङ, दोर्जे गुरुङ लामा, विनोद गलामी र नविन जंगली रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.