लुम्बिनीखवर
भैरहवा, २९ भदौ । एसओएस बालग्राम लुम्बिनीले विभिन्न कार्यक्रम गरि ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । बालबालिका केन्द्रित कार्यक्रमहरु गरि बाल दिवस मनाएको एसओएस बालग्रामले जनाएको छ । एसओएस किण्डर गार्डेन र एसओएस परिवार सवलीकरण कार्यक्रम मार्फत बालग्रामका बालबालिकाहरुलाई रंग भर्ने, सिनेरी बनाउने, क्विज र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम गरि बाल दिवस मनाएको हो ।
बालग्रामले सिद्धार्थनगर नगरपालिका भित्र रहेका कक्षा ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि “ वातावरण संरक्षणमा विद्यार्थीको भुमिका” भन्ने शिर्षकमा निबन्ध लेखन प्रतियोगिता समेत गरेको छ । यसै नगरपालिका भित्रका कक्षा ९ र १० का विद्यार्थीहरुका लागि “बालबालिका मैत्री शिक्षा” भन्ने शिर्षकमा नगरस्तरिय निबन्ध प्रतियोगिता समेत आयोजना गरेको एसओएस बालग्राम लुम्बिनीका सहायक निर्देशक मधु उपाध्यायले बताए । निबन्ध प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई रु. ५ हजार, द्धितिय हुने विद्यार्थीलाई रु. ४ हजार, तृतिय हुने विद्यार्थीलाई रु. ३ हजार र सान्त्वना हुनेलाई रु. एक हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको आयोजनकले बताएका छन् ।
कुल ४० जना विद्यार्थी सहभागि निबन्ध प्रतियोगितामा कक्षा ९ र १० समुह तर्फ मुनलाईट माध्यामिक विद्यालयका छात्र प्रविन कलवार प्रथम, काशी नोबल एकेडेमीकी छात्रा सगुन धवल द्धितिय, मनकामना माध्यमिक विद्यालयका छात्र धर्मेन्दर गुप्ता तृतिय र न्यू इरा माध्यमिक विद्यालयकी छात्रा ज्यास्मीन क्षेत्री सान्त्वना भएको एसओएस बालग्राम लुम्बिनीका सहायक निर्देशक अमृता उदासले जानकारी दिए ।
कक्षा ७ र ८ समुहतर्फ काशी नोबल एकेडेमीकी छात्रा सम्पदा खनाल प्रथम , जेसिस माध्यमिक विद्यालयकी छात्रा प्राब्दा के.सी. द्वितीय , भानु माध्यमिक विद्यालयका छात्र वीरध्वज वाइवा तृतीय र मोन्टेश्वरी मेमोरियल माध्यमिक विद्यालयका छात्रा सिर्जना जैयसवाल सान्त्वना भएको एसओएस लुम्बिनी जनाएको छ ।
निबन्ध प्रतियोगितमा विजेता विद्यार्थीहरुलाई कार्यक्रमका अध्यक्ष तथा एसओएस बालग्राम लुम्बिनीका निर्देशक गोबिन्द प्रसाद ढकालले नगद सहित प्रमाण पत्र प्रदान गरेको एसओएस बालग्रामका बाल संरक्षण श्रोत व्यक्ति ईन्द्रा कवँरले जानकारी दिए ।
भैरहवा बहमखी क्याम्पसका शिक्षण सहायक कविता देवकोटा रिजालको निर्णायकमा भएको निबन्ध प्रतियोगितमा सहभागी विद्यालयका शिक्षक, अभिभावक, लुम्बिनी बाल क्लबका अध्यक्षको उपस्थित रहेको थियो ।