भैरहवा, फागुन । २१ औ जनयुद्ध दिवशलाई एनेकपा माओवादी रुपन्देहीले शनिवार भैरहवामा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
पार्टीका सचिवालय सदस्य चन्द्रप्रकास खनाल वलदेवलाई समेत सहभागी गराएर विभिन्न कार्यक्रम गरेको हो ।
चियापान तथा शुभकामना आदन प्रदान वाट शुरु भएको कार्यक्रममा पार्टीका जिल्ला इञ्चार्ज माधव शर्मा न्यौपाने , केन्द्रिय सदस्य हकिकुल्ला खां ,जिल्ला अध्यक्ष रामप्रसाद वञ्जाडे लगाएतले पार्टीले गरेको जनयुद्धको उपलव्धीनै अहिलेको गणतन्त्र भएको भन्दै यसको सस्थागत गर्न आवस्यक रहेको जनाएका थिए ।
चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल लगाएत विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख, विभिन्न राजनितिक दलका नेताहरु लाई समेत सहभागी गराएर गरिएको कार्यक्रममा जारि भएको संबिधानको कार्यान्यन मा जोड दिएको थियो ।
पार्टीले जिल्लाका मुख्य स्थानमा दिप प्रजलन गरेर जनयुद्ध दिवस मनाउन समेत निर्देशित गरेको छ ।
पार्टिको सिद्धार्थनगर नगरकमिटिले समेत बुद्धचोकमा सध्याकालिन दिपप्रज्वलन गरेको पार्टीका जिल्ला सचिवालय सदस्य चोपलाल आर्चायले जानाकारी दिएका छन् ।
नगर संयोजक सन्देश चापागाईको नेतृत्वमा बुद्धचोकमा दिप प्रजलन गर्न पुगेका पार्टीका कार्यकर्ताले जनयुद्धको पक्षमा नारा समेत लगाएको सो पार्टीका सिद्धार्थनगर सेक्रेटरी मनिष जोशीले वताए ।
पक्लिहवा कृषि क्याम्पसमा अध्यायन गर्ने एमाओवादी निकट विद्यार्थी संगठनले समेत जनयुद्ध दिवशको अवशर पारेर शनिवार नै रक्तदान कार्यक्रम गरेको छन ।
जनयुद्ध दिवशको अवशरमा वावुराम भटट्राईको नेतृत्वमा रहेको नयाशक्तिका भैरहवा संयोजक भुवन पौडेलले समेत विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवश मनाएका जानकारी दिएका छन् । त्यस्तै मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादीले भैरहवामा विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवश मनाएको छ ।