पवित्रा चौधरी
भैरहवा। भैरहवा क्षेत्रको ठुलो क्याम्पस भैरहवा बहुमुखी क्याम्पसको हाता भित्र रहेको क्यान्टीन अव्यस्थित हुदा विद्यार्थीहरुले सहजरुपमा खाजा खान समस्या परेको छ ।
क्याम्पसको क्या
न्टीन साघुरो र छाप्रोमा रहेकाले विद्यार्थीहरुले उचित रुपमा चाहेको खाजा खान पाएका छैनन् ।
खाजा खानका लागी समेत क्यान्टिनमा वस्ने व्यवस्था कम हुदा विद्यार्थीहरुले आराम साथ वसेर खान समेत समस्या रहेको विद्यार्थीहरुले वताउछन् ।
करिव १५ सय विद्यार्थीले अध्यायन गर्ने यस क्याम्पसका विगत देखी नै चमेना गृह रहेपनि क्याम्पसले व्यवस्थित भवन नवनाइदिदा समस्या परेको देखिन्छ ।
क्यान्टिन सञ्चालकले विद्यार्थीहरुको मागलाई ध्यानमा राखेर खाजा नास्ताको व्यवस्था राम्रै गरेपनि वस्ने ठाउको अभावहुदा विद्यार्थीहरु असन्तुष्ट भएको पाइन्छ ।
क्याम्पस प्रशासनले भने विस्तारै क्याम्पसमा भवनहरुको थपिदै गएको भन्दै निकट भविष्यमा चमेनागृहको समेत उचित व्यवस्था गर्ने जनाएको छ ।