logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    हजारौको ¥यालीमा माओबादी केन्द्रको मनोनयन दर्ता


    ४ असार २०७४ , आइतबार

    हजारौको ¥यालीमा माओबादी केन्द्रको मनोनयन दर्ता

    सिद्धार्थनगरमा जित्ने सम्भावना बढदो
    कमल रायमाझी

    भैरहवा,४ जेठ । दोस्रो चरणको निर्बाचनका लागी माओबादी केन्द्र सिद्धार्थनगरले आईतबार मनोनयन पत्र दर्ता गरेको छ ।
    हजारौ समर्थक र कार्यकर्ताहरुलाई साथमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सिद्धार्थनगरमा पुगेर नगर प्रमुखमा फैज अहमद खाँन र उपप्रमुखमा कमला थापाले उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।


    माओबादी केन्द्र रुपन्देहीका इञ्चार्ज हकिकुल्ला खाँ, जनयुद्धका कमाण्डरहरु बिश्व बराल, ‘अनुप’ तिरबहादुर रोकाय ‘ डार्बिन’, पार्टीका सिद्धार्थनगर अध्यक्ष चोपलाल आर्चायको नेतृत्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सिद्धार्थनगरको बालमन्दिरमा पुगेर मनोनयन पत्र दर्ता गरेको हो ।


    नगर प्रमुख र उपप्रमुखका साथ साथै माओबादी केन्द्रले सिद्धार्थनगरका वडाहरुमा आफना उम्मेदवारहरुको समेत मनोनयन दर्ता गरेको छ ।


    नगरको वडा नम्वर १ मा वडा अध्यक्षमा केशव कुवंर, २ मा सुनिल कुमार पुन, ३ मा कलामुदिन खाँन, ४ मा रबिन मल्ल, ५ मा सावित्री जि.सी., ६ मा रामदयाल गुप्ता, ७ मा बेद प्रसाद गौतम, ८ मा जय बहादुर सुनार, ९ मा पुर्ण प्रसाद भण्डारी, ११ मा दुर्गावती जैसवाल, १२ मा रोसन सिंह गोतामे र १३ मा मोहनलाल गुरुङको उम्मेदवारी मनोनयन दर्ता गरेको तथ्याङक मुख्य निर्बाचन अधिकृतको कार्यालय सिद्धार्थनगरमा देखिन्छ ।


    महिला वडा सदस्यहरु , दलित सदस्यहरु र खुल्ला सदस्यहरुको उम्मेदवारी मनोनयन गरेको माओबादी केन्द्रले जानाकारी दिएको छ ।


    मनोनयन दर्ताका लागी नगरका विभिन्न भागहरु बाट निस्कीएको टोलि बजारको बिच भाग देबकोटाचोकमा पुगेर जम्मा भई ¥याली निकालेर मनोनयन दर्ता गर्नका लागी मुख्य निर्बाचन अधिर्कतको कार्यालय तर्फ अघि बढेको थियो ।


    चोक,चोक र वडा,वडा बाट हजारौको सख्यामा माओबादी केन्द्रका कार्यकर्ताहरुले ¥यालीका साथ नाचगान र परिबर्तनका नाराहरु लगाएका थिए ।


    ‘गाउँ शहर घर घर जाउँ, माओबादी केन्द्रलाई बिजय गराउ’ भन्ने निर्बाचन सम्बन्धी गितहरुका आबाजले भैरहवा बजारमा उमंग थपेको थियो ।
    देशकै निम्ति गए ज्यान ज्याला
    उज्यालो देश नेपाल भो हाम्रै पाला ,
    जनताको आवाज वोल्ने माओवादी पार्टी
    संविधान गणतन्त्र रगत संग साटे,
    देश निर्माण गर्दै माओवादी आयो
    जनताको घरघरमा उमंग छायो ।
    भन्ने जनबादी गित गाएर जनकलाकारहरुले तृत्य समेत प्रस्तुत गरेका थिए ।


    समाबेसी र मुस्लिम उम्मेदवार फैज अहमद खाँन र जनजाती उम्मेदवार कमला थापालाई क्रमस नगर प्रमुख र उपप्रमुखमा उठाएको माओबादीले अहिले सिद्धार्थनगरमा बिजयको नजिक पुगेको समेत अनुमान गरिएको छ ।


    जनताका सरोकारका बिषयलाई बिगत देखी नै जोडदारका साथ उठान गर्न सक्ने पार्टी भएको भन्दै स्थानियहरुले समेत माओबादीलाई सिद्धार्थनगरको नेतृत्व दिन चाहेको उम्मेदवारहरुको समेत दाबि रहेको छ ।


    उज्यालो नेपाल अभियानको नेतृत्व गरेको माओबादीले नगरक्षेत्रमा आफ्ना एजेण्डा र अभियानलाई जनसमक्ष पुराउदा खुसियाली छाएकाले बिजयको दिन कुर्न बाकी रहेको माओबादी केन्द्रका जिल्ला सह.संयोजनक मकशुद वलीले बताए ।
    माओबादी केन्द्र सहित सिद्धार्थनगरमा बिभिन्न पार्टी र स्वतन्त्र गरि १० जना नगर प्रमुखको उम्मेदवार र ११ जना नै उपप्रमुखका उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गरेको मुख्य निर्बाचन अधिकृतको कार्यालय सिद्धार्थनगरले जानकारी दिएको छ ।


    नगर प्रमुखमा नेपाली काग्रेस बाट मातृका यादब, एमाले बाट हरि अधिकारी , माओबादी केन्द्र बाट फैज अहमद खाँन, राप्रपा बाट सागर प्रताप राणा, संघिय समाजबादी फोरम बाट अर्जन प्रसाद जैसवाल, फोरम लोकतान्त्रीक बाट पुनम अग्रवाल , राष्ट्रिय जनमुक्ती पार्टी बाट कृष्ण बहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा बाट तारानाथ आर्चाय,स्वतन्त्र सुमन न्यौपाने र स्वतन्त्र बिना नेपाल रहेको मनोनयन दर्ता रेकर्डमा देखिन्छ ।
    उपप्रमुखमा नेपाली काग्रेश बाट माधबी शर्मा, एमाले बाट उमा काफ्ले, माओबादी केन्द्र बाट कमला थापा, राप्रपा बाट रमिता थापामगर, संघिय समाजबादी फोरम बाट मिना बिश्वकर्मा, राष्ट्रिय जनमोर्चा बाट लक्ष्मी ढुङगाना, राष्ट्रिय जनमुक्ती बाट सिमा थापा, लोकतान्त्रीक फोरम बाट श्रीराम गुप्ता, स्वतन्त्रमा भवानी रिजाल,राम अवत गुप्ता र अन्नतराज खनाल छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.