logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    गुजारामुखी श्रमलाई उद्योगमा रुपान्तण गर्ने कृषि मन्त्रीको उद्घोष


    ८ मंसिर २०७६ , आइतबार

    गुजारामुखी श्रमलाई उद्योगमा रुपान्तण गर्ने कृषि मन्त्रीको उद्घोष

    लुम्बिनीखबर
    भैरहवा, मंसिर । अघिल्लो हप्ता कृषि तथा पशुपंक्षी मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आएका मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको गुजारामुखी श्रमलाई उद्योगमा रुपान्तरण गर्ने आफ्नो पहिलो काम भएको बताएका छन् ।
    लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले भने , ‘ हाम्रो मुलुकको समृद्धिकोलागी, विकासकोलागी, राष्ट्रिय पुँजीको विकासकोलागी खासगरी परम्परागत कृषि अल्झिएको गुजारा श्रमलाई परिवर्तन गरेर उद्योगमा ल्याउनु जरुरी छ । त्यसकोलागी सरकारको सम्पूर्ण नीति तथा कार्यक्रमलाई त्यस काममा केन्द्रित गर्नेछौं ।
    मन्त्री भुसालले अहिले नै म यो गर्छु, उ गर्छु भनेर बोल्नु गफ लाउनु मात्रै भएको बताउँदै मैले के के गर्छु भन्ने कुरा अबको एक महिना पछि मात्रै बताउने हँुदा सोही अनुसार सबैको सहयोगको अपेक्षा पनि गरे ।
    उनले भने , ‘ मैले प्रेसका साथीहरुलाई पटक पटक भनेको छु किनभने मेरो भिजन र दृष्टिकोण के छ भने म नेपाल सरकारको बजेट, नीति तथा कार्यक्रम लागु भएको चार महिनापछि मन्त्री भएर आएको छु । यसैले धेरै ठुला कुरा गर्नु व्यवहारिक हँुदैन । मेरो काम सरकारको नीति तथा कार्यक्रमले जुन परिणाम खोजेको छ , जुन लक्ष्य राखेको छ ,त्यसप्रति बफादार भएर काम गर्नु नै हुनेछ ।’
    नेकपाका बौद्धिक नेताका रुपमा चिनिने भुसालले ०३६ सालदेखि आफुहरुले किसानले मलखाद पाउन सकेका छैनन् भनेर भाषण गर्दै आएको उल्लेख गदै अहिले पनि उक्त समस्या विद्यमान रहेको समेत बताए । उनले भने, ‘०३६ सालमा पनि किसानले मलखाद पाउन सकेका थिएनन् अहिले पनि समस्या उस्तै छ । यसैले देखाउँछ कृषि मन्त्रालयको वर्तमान अवस्थाको चित्रण । यी यावत समस्या समाधान गर्न मैले एक्लै चाहेर हँुदैन । सबै मन्त्रालयको सहयोग र सहकार्य जरुरी छ । ’
    मन्त्री भुसालले कृषि मन्त्रालय आफ्नो रोजाईको पनि मन्त्रालय भएको उल्लेख गर्दै भने, ‘मैले मिडियामा र सामाजिक सञ्जालमा आएको शुभेच्छा र चिन्तालाई नियालिरहेको छु । तिनले मलाई सचेत पनि गराईरहेको छ । ’
    उनले मन्त्रालयमा पदभार ग्रहण गर्ने बेला लोभ र डरले प्रभावित हँुदैन भनेर उल्लेख गरेको बताउँदै उक्त कुरालाई बारम्बार दोहोराउन चाहेको पनि बताए । यसअघि झलनाथ खनाल प्रधानमन्त्री छँदा प्रधानमन्त्री कार्यालय हेर्नेगरी विना विभागीय मन्त्रीको रुपमा छ महिना सिंहदरबारको अनुभव संगालेका भुसाल सत्ताधारी दल नेकपा भित्र आलोचक नेताको रुपमा समेत परिचित छन् । नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विश्लेषक भुसालले कृषि मन्त्रालयमा सम्हालिरहँदा देशको बाँझो खेत र खरेनमा फेरी हरियाली छाउला कि भनेर धेरैले आशा पनि गरेका छन् । पत्रकार सम्मेलन लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता र महासचिव सम्झना शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.