logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनीमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०८१ सुरु


    २९ माघ २०८१ , मंगलबार

    लुम्बिनीमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०८१ सुरु

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनीमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०८१ सोमबार देखि शुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुखले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने नाराका साथ लुम्बिनीका बिधार्थीहरुका लागि शिक्षासंगसंगै खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा आफुमा भएको कला देखाउने र अभ्यास गर्ने मौका भएकोले नगरप्रमुख सजरूद्दीनबताउनुभयो ।
    राज्यले प्रत्येक बर्ष मनाउदै आएकोले नगरपालिका र गाउपालिका लागि
    खेल एउटा उत्सव हो विद्या्र्थीहरुको खेलाडीको चाहना पुरा गर्न र खेलाडीहरुको विकासकालागि खेलाइने प्रतिबद्ध रहेको बताउनु भयो ।

    यसैगरी निवर्तमान अर्थ राज्य मन्त्री भरत .कुमार शाहले .खेलकुदको माध्यमबाट एक बिद्यालयको अनुभव अर्को बिद्यालयले सिक्न पाउने र एक आपसमा हुने आदान प्रदानले नगरपालि हरेक बिकास र योजनामा साझेदार गर्न सकिने बताउनु भयो। बिकासमा के कसरी गर्ने भन्नेबारे योजना निर्माण गर्दा समेत अगुवा र बौद्धिक वर्गहरुको समेत राय सुझाव लिन सकिएको खण्डमा नगरपालिका हरेक योजनाहरु सफल र दीगो हुने समेत निवर्तमान भरत कुमार शाहले जोड दिनु भएको थियो।

    यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले नगरपालिया संचालित बिभिन्न शैक्षिक सामुदायिक विधालयबाट खेलकुद र शैक्षिक क्षेत्रमा गरेको मेहनत र लगानीको प्रतिफलका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा देखिने बताउनु भएको थियो। यो प्रतियोगिता बिद्यालयले आफ्ना बिधार्थीहरुलाई के कतिको अनुशासन र ब्यबहारिक ज्ञानको समेत शिक्षण विदयालय राष्ट्रय अन्तराष्ट्रीय खेलाडीहरुमा कसरी समावेशी गर्न सकिन्छ कृयाकलाप संचालन गरिरहेका छन भन्ने कुराको समेत मुल्यांकन र तुलनाको थालो भएको तार ज्ञवालीले बताउनु भयो।

    कार्यक्रममा वडा नंम्बर २ का वडा अध्यक्ष इन्नामुल्ला फर्किरले विद्यालयको तहबाटै खेलकुदमा राम्रो प्रशिक्षण गराउन सकिएको अवस्थामा मात्र जिल्लास्तरिय प्रतिस्पर्धाहरुमा बिधार्थीहरुले राम्रो प्रदर्शन गर्न सक्ने बताउनु भएको थियो। नगरपालिका र बिद्यालयमा प्राप्त श्रोत साधनहरुको अधिक्तम उपयोग गरेर बिधार्थीहरुलाई खेल पनि एक महतपूर्ण रहेको विधार्थीहरुलाई होसला प्रदान हरेक खेलहरुमा दक्षता हासिल गराउनु पर्ने बताउदै खेलकुदको माध्यमबाट बिधार्थीहरुलाई अनुशासन र सभ्यता समेत सिकाउनु पर्नेमा जोड दिनु भएको थियो।

    उद्घाटन समरोहमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, नगरप्रवक्ता इनामुल्लाह फकिर, धुव्रचन्द्र त्रिपाठी, लुम्बिनी साँस्कृतिक नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली, शिक्षा शाखा प्राविधिक सहायक प्रमिला पछाई लगायतले बोल्दै सहभागी विद्यार्थीहरुलाई सफलताको शूभकामना.आफ्नो मन्तब्य राखेको थियो । वक्ताहरुले सफलताले भोलीका दिनहहरुका लागि थप उत्साह र उर्जा दिलाउने भएकोले सफलता प्राप्त गर्ने हरेक बिधार्थीहरुले आफुलाई सदैव अव्वल बनाउन शिक्षक र अभिभावकको सल्लाह सुझावहरुलाई आत्मसात गर्नु पर्ने बताएको थिए ।

    कार्यक्रम अध्यक्षता लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरूद्दीन मुसलमान र निर्वतमान राज्यमन्त्री भरत कुमार शाहको प्रमुख अतिथिमा शुभारम्भ भएको प्रतियोगितामा चौथो राष्ट्रपति रनिङ्ग प्रतियोगिता २०८१ संचालनमा शुभारम्भ गरिएको प्रतियोगिताको उद्धघाटन शत्रमा पानसमा वत्ती वालेर गरिएको थियो। उदघाटन समाहोरमा कार्यकृमका सभापती प्रमुख अतिथिले सलामी दिनु भएको थियो। कार्यक्रम संचालन प्रमिला पछाईले गर्नुभएको थियो।प्रतियोगितामा सामुदायिक विद्यालय १६ ओटा सहभागी रहेको छ खेलकुद सचिवालय प्रमुख मोहम्मद इलियास खानले बताउनु भएको छ।
    सय मिटर र १५ सय मिटर छात्र छत्रा दौड प्रतियोगिता भएको छ ।

    यसैगरी लङ्गजम्प, सटपुट र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सय मिटर दौडमा छात्रतर्फ अधियारी मावि प्रथम, खुदाबगर मावि द्धितिय र मधुवनी मावि तृतीय भए भने छात्रातर्फ भगवानपुर आधारभूत विद्यालय प्रथम, मधुवनी मावि द्धितिय र बलरामपुर मावि तृतीय भएका छन् । यसैगरी १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ तेनुहवा मावि प्रथम, बलरामपुर मावि द्धितिय र बुद्ध आदर्श मावि तृतीय भए भने छात्रा तर्फ आमा मावि प्रथम, बुद्धआदर्श मावि द्धितिय, खुदावगर मावि तृतीय भएक छन् । यसैगरी लङ्गजम्पतर्फ छात्रमा मसिना बाबा नरेन्द्रपुरी मावि प्रथम, मधुवनी मावि द्धितिय, कर्महवा मावि तृतीय हुँदा छात्रातर्फ अधियारी मावि प्रथम, आमा मावि द्धितिय, खुदाबगर मावि तृतीय भएका छन् ।

    यसैगरी सटपुटमा छात्रतर्फ मसिना बाबा नरेन्द्रपुरी मावि प्रथम, बुद्धआदर्श द्धितिय, बलरामपुर मावि तृतीय भए भने छात्रातर्फ बलरामपुर मावि प्रथम, खुदाबगर मावि द्धितिय र बुदआदर्श मावि तृतीय भएका छन् । यस्तै सोमबार पहिलो दिन भएको भलिबल प्रतियोगितामा छात्रातर्फ मात्रै प्रतियोगिता भएको छ । जसमा मसिना बाबा नरेन्द्रपुरी मावि प्रथम, बुद्धआदर्श मावि द्धितिय र आमा मावि र अधियारी मावि तृतीय भएको शिक्षा शाखाका प्राविधिक सहायक प्रमिला पछाईले जानकारी दिईन । जिल्ला खेलकुद समितिबाट प्रतियोगिता सञ्चालन गराईएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.