logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    दानको रकम कोरोना रोकथामलाई


    १२ जेष्ठ २०७७ , सोमबार

    दानको रकम कोरोना रोकथामलाई

    कमल रायमाझी
    भैरहवा, ११ जेठ (रासस) ः कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लुम्बिनी विकास कोषले दानबाट जम्माभएको रकम लुम्बिनी साँस्कृतिक नगरपालिकालाई रु. १५ लाख सहयोग गरेको छ ।
    नगरपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्न रु. १५ लाखको चेक नगर प्रमुख मनमोहन चौधरीलाई आइतवार कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले हस्तान्तरण गर्नु भएको हो ।
    उक्त रकम नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा उपचारमा लागि खर्च गर्ने नगरपालिकाको सुचना शाखाले जनाएको छ ।
    विकास कोषले लुम्बिनी वरिपरि भएका मजदुर तथा गरिवहरुलाई समेत धर्मालम्बीहरुले दिएको दानको रकम बाटै खाध्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग पुराउदै आएको विकास कोषका का.मु. सदस्य सचिव ज्ञानिन राईले जानकारी दिनुभयो ।
    कोरोना संक्रमणको उच्च जोखिममा रहेको लुम्बिनी क्षेत्रमा हाल सम्म १२ जना कोरोना संक्रमित रहेका छन् । संक्रमित सवै भारत बाट लुकिछिपि नेपाल आएका स्थानिय हुन । भारत वाट आउने क्रम अहिले पनि जारि रहेको नगरपालिकाले जनाएको छ ।
    १३ वटा क्वारेन्टाइनमा ७५० वढि मानिसहरु राखिएको नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा उपचारमा कोषमा लगभग रु. १ करोड ८० लाख रकम जम्मा भएको नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।
    दक्षिणमा भारत र पश्चिममा कपिलवस्तु संग यो नगरपालिकाको सीमा जोडिएको छ ।

    फोटो क्याम्पस
    १. धर्मालम्बीहरुले चढाएको दानको रकम कोरोना भाईरस रोकथामका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनी साँस्कृतिक नगरपाकिालका नगर प्रमुख मनमोहन चौधरीलाई हस्तान्तरण गर्दै ।
    २. लुम्बिनीक्षेत्र वरिपरी रहेका मजदुर तथा असाहय र गरिवहरुलाई खाध्यान्न तथा दैनिक उपभोगमा आउने सामानहरु वितरण गर्दै लुम्बिनी विकास कोष ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.