पशुपती यादव
धकधई, ३ भदौ । भदौ दोस्रो साताबाट शुरुभएको अबिरल बर्षाका कारण महेन्द्र राजमार्गको घोडहा पुल भाचिएपछि धेरैजसो ठुलो मालवाहक ट्रकहरुले खैरेनी धकधई जोडने मोटर बाटो प्रयोग गर्दा समस्या श्रृजना भएको छ ।

मालवाहक ट्रकहरु आवत जावत गर्न शुरु गरेपछि यो बाटो फत्किएको हो । ओमसतिया वार्ड नम्बर — ५ दिपनगर दरखसवा र नरेनापुरक्षेत्रमा बाटो भासिएर केहि दिनदेखि बन्द बाटो आईवार बाट खुलेको छ ।
बाटो भासिएपछि स्थायिनहरु, मोटर साईकल र साईकल समेत चल्न नसकेको स्थानिय इन्द्रजित यादवले बताए । एक हप्ता बाटो भासिएर बन्द भएपछि ओमसतिया गाउँपालिका प्रमुख हिरा केवटको बन्द बाटो खुलेको हो ।
बाटो बन्द भएपछि विभिन्न सामाजिक सञ्जाल व्यापक विरोध भएको थियो । सामाजिक सञ्जालकर्ताले भासिएको बाटो, फसेका ठुलामालवाहक ट्रकहरुको तस्विरहरु सार्वजनिक गर्दा समेत कसैले ध्यान नदिएपछि गाउँपालिकाले पहल बाटो निर्माण भएको थियो ।

जिल्ला सडक डिभिजन कार्यालयको जिम्मा रहेको यो बाटो मर्मतमा सडक डिभिजन कार्यालयले वास्ता नगरेपछि स्थानिय सरकारको लगानी गरि मर्मत तथा बन्द बाटो