logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    वासुदेव घिमिरेका एजेन्डाहरु


    १ मंसिर २०७९ , बिहिबार

    वासुदेव घिमिरेका एजेन्डाहरु

    दीपक / सुमन जैसवाल
    लुम्बिनी । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर सफल कार्यकाल पूरा गरेका वासुदेव घिमिरे अहिले संघीय सांसदको उम्मेदवार छन् । नेकपा एमालेले उनलाई रूपन्देही क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनाएको छ ।
    नगरप्रमुखको ५ वर्षे कार्यकालमा उनले तिलोत्तमा नगरपालिकालाई विकसित र व्यवस्थित नमूना स्थानीय तहकोरूपमा स्थापित गराएका छन् ।
    ५ वर्षको अवधिमा गरेका कामको जगमा उभिएर उनले संघीय सांसदको चुनावी प्रचार गरिरहेका छन् ।

    भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणका क्षेत्रमा घिमिरेले रचनात्मक काम गरेको भन्दै स्थानीयस्तरमा उनको प्रशंसा हुने गरेको छ ।
    घिमिरे नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिका स्थानीय कानुन बनाउने पहिलो पालिका भएको थियो । काठमाडौंबाहिर पहिलो पटक लगानी सम्मेलन, मुलुककैं पहिलो पूर्ण सरसफाई उन्मुख पालिका, सेवा प्रवाहमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो पालिकाकोरूपमा घिमिरेले तिलोत्तमालाई स्थापित गराएका थिए ।

    तिलोत्तमा नगरपालिकाले २०७७ र २०७८ सालमा मुलुककै उत्कृष्ट नगरपालिकाको पुरस्कार र सम्मान पाएको थियो । ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट नगरपालिकाको पुरस्कार हस्तान्तरण गरेको हुन ।

    नगरपालिकालाई नमुना बनाउन दिलोज्यान दिएर काम गरेका घिमिरेले नगरप्रमुखकोरूपमा प्राप्त गरेको पारिश्रमिक भने व्यक्तिगत खर्चमा लगाएनन् । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई छात्रवृत्ति दिए ।

    असल, सक्षम र स्वच्छ छविको व्यक्ति जनप्रतिनिधि हुँदा विकास र समृद्धि सम्भव छ भन्ने उदाहरण बनेका घिमिरे आर्थिक र सामाजिकरुपमा पछाडि पारिएको वर्ग, समुदायको उत्थान आफ्नो प्राथमिकतामा पर्ने बताउँछन् ।

    प्रतिनिधि सभाको चुनावी मैदानमा रहेका घिमिरेसँग सत्तारूढ गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका नेता भरत शाह प्रतिस्पर्धामा छन् ।

    तीन पटक संसदीय चुनावी जितेका शाहलाई यसपटक घिमिरेले रोक्न सक्छन् या सक्दैनन्, त्यो त मंसिर ४ को मतदानले निर्धारण गर्नेछ । बुद्धको जन्मस्थल लुम्बिनीसमेत पर्ने यो निर्वाचन क्षेत्र रूपन्देहीका अन्य निर्वाचन क्षेत्रको विकासभन्दा पछि परेको र विकासका कामलाई गति दिन आवश्यक रहेको घिमिरे बताउँछन् ।

    सत्तारूढ गठबन्धनका उम्मेदवार शाहले चुनावी एजेण्डा बनाउँदै आएको कञ्चन बाँधको काम अहिलेसम्म सम्पन्न भएको छैन ।

    ‘यहाँका मतदाताले तीव्र विकास र परिवर्तन चाहेका छन् । त्यसकारण मतदाताले मेरो आवश्यकता महसुस गरेका छन्’, घिमिरे भन्छन्, ‘मैले चुनाव जित्दा रूपन्देही–५ लाई नमूना निर्वाचन क्षेत्र बनाउने सोच र योजना बनेका छन् ।’

    यी हुन् घिमिरेका मुख्य चुनावी एजेण्डा

    घिमिरेले निर्वाचन क्षेत्रलाई नै बुद्धको जन्मथलो लुम्बिनीकोरूपमा विकास गर्नुपर्ने घिमिरे बताउँछन् । ‘लुम्बिनी विकास कोषले चर्चेको क्षेत्रमात्र होइन, समग्र क्षेत्रलाई नै केन्द्रमा राखेर विकास गर्ने योजना छ । अव्यवस्थित बसोबास, भूमिहिन दलित, सुकुम्बासीहरूको समस्याको समाधान गर्दै खेतीयोग्य जमिनमा भूमिगत सिञ्चाइको व्यवस्था गर्ने योजना छ’, घिमिरेले भने ।

    कृषि तथा पशुपालनको व्यावसायीकरण, किसान कार्ड र कृषक अनुदानको व्यवस्था गर्ने, एक निर्वाचन क्षेत्र एक राष्ट्रिय उद्योगको अवधारणा कार्यान्वयन, पर्यटन विकासको पूर्वाधार बनाउने, विस्तृत सडक गुरूयोजना निर्माणगरी सबै सडकको स्तरोन्नती गर्ने चुनावी एजेण्डा घिमिरेले ल्याएका छन् ।

    त्यसैगरी, अत्याधुनिक तथा सुविधा सम्पन्न १०० शैयाको अस्पताल बनाउने,् प्रत्येक गाउँपालिका र नगरपालिकामा सुविधा सम्पन्न बर्थिङ सेन्टरको स्थापना, सबै जातजाति, वर्ग, र समुदायलाई सबै क्षेत्रमा निस्पक्ष र समान अवसरको ग्यारेन्टी, युवाहरूलाई स्वरोजगारी बनाउँदै उद्यमशीलता विकासका लागि व्यवसायिक तथा सिपमुलक शिक्षा लगायतका एजेण्डा लिएर घिमिरे चुनावी मैदानमा छन् ।

    यस्तो छ चुनावी अंक गणित

    रूपन्देहीको क्षेत्र नम्बर–५ नेकपा एमालेले जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०सँग चुनावी तालमेल गरेको छ । काँग्रेससँग माओवादी, नेकपा ९एस०, राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धन छ ।

    वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतको आधारमा क्षेत्र नम्बर– ५ मा एमाले, जसपा र राप्रपाको प्यानल बलियो देखिन्छ । यहाँका ३२ वटा वडामा वडाध्यक्षलाई खसेको मतको आधारमा एमाले, जसपा र राप्रपा सत्तारूढ गठबन्धनभन्दा ६ हजारभन्दा बढी मतले अगाडि देखिन्छ ।

    रूपन्देही–५ मा एमाले एक्लैको मत २७ हजार १४५ प्राप्त गर्दा काँग्रेसको २६, ८८८ मत रहेको छ । यस्तै, जसपाको ९ हजार ३३७, माओवादीको ४ हजार ६२५, लोसपाको ३ हजार ५५६, राप्रपाको २ हजार ८१३ र नेकपा ९एस०का १ हजार १६३ मत आएको थियो भने जनमत पार्टीले ५ हजार ६५६ मत पाएको छ ।
    ध्चष्तभ तय झब्बर यादव

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.