logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जनहितका लागि वडामा नयाँ योजना : वडा अध्यक्ष गुप्ता


    १९ मंसिर २०७९ , सोमबार

    जनहितका लागि वडामा नयाँ योजना : वडा अध्यक्ष गुप्ता

    रुपा पाण्डेय/ असलम खाँन
    मर्चवार, १९ मंसिर । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा न. १ ले जनताको माझमा सेवा गर्दै आईरहेको छ । वडा भित्रका जनताहरुको समस्यालाई समााधान गर्नुका साथै सार्वजनिक कार्यहरु गरिरहेको वडा अध्यक्ष राजेश गुप्ताले जानकारी दिए । वडा पालिका भित्र देखिएका विभिन्न समस्याहरु वारे अवलोकन गर्दा त्यसको समाधानका लागि योजना बनाई सकेको वडा अध्यक्ष गुप्ताले बताए । जनतालाई विभिन्न किसिमका सीपमुलक तालिम दिई आत्म निर्भर बनाउन हाम्रो भावी योजना रहेको वडा अध्यक्ष गुप्ताले बताए । नजिकै अस्पताल नभएको र सडक वा बाटोघाटो समेत राम्रो नभएकोले कतिपय बिरामीहरु सेवा नपाउँदा मृत्यू समेत हुनेगरेकाले अस्पताल निर्माण गर्न पहल वडापालिकाले गरेको छ ।
    औषधी र विरामीलाई अस्पताल सम्म पुुर्‍याउनका लागि एम्बुलेन्स समेत उपलब्ध गराउने सोचमा वडापालिका रहेको वडा अध्यक्ष गुप्ताले जानकारी दिए ।
    जनताको समृद्धि र विकासका लागि योजना अनुसार काम गर्ने वडापालिकाको योजना छ । सेवालार्ई सजिलो, सरल र सहज रुपमा सहयोग पुुर्‍याउनका लागि जनप्रतिनिधि र कर्मचारी सहकार्यका साथै जनतालाई खुसी बनाउने कार्यमा सक्रिय भएको वडा अध्यक्ष गुप्ताले बताए । पालिकामा नमुना वडा निर्माण पक्षमा जनप्रतिनिधिहरुका साथमा कर्मचारीहरु पनि एकमतका साथ काममा खटिएको वडा सचिवले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.