लुम्बिनीखबर
सिद्धार्थनगर, २६ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको भैरहवा बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा शारिरीक र पाठ्यक्रम तथा मूल्याङ्कन विभागका शिक्षक तथा विद्यार्थी बीच शुभकामना अदानप्रदान सम्पन्न भएको छ ।
असोज २४ गते प्रकाशित सूचना अनुसार असोज २८ गते देखि कार्तिक १० गते सम्म दशैँ, कार्तिक २६ गते देखि ३० गते सम्म तिहार र कार्तिक ३ छठ पर्व परेको हुँदा यी पर्वहरुलाई लक्षित गरेर शूभकामना अदानप्रदान गरिएको स्वास्थ्य तथा शारिरीक र पाठक्रम तथा मूल्याङ्कन विभागका विभागीय प्रमुख बाबुराम भण्डारीले बताउनुभयो ।
आज भएको शूभकामना अदानप्रदान कार्यक्रममा विभागिय प्रमुख भण्डारीले विद्यार्थी तथा शिक्षकहरुलाई खाजा र मिठाई खुवाएर सबै क्याम्पस परिवारलाई शुभकामना व्यक्त गर्नुभयो ।
चार्ड पर्वमा विद्यार्थीहरुले आफ्नो संस्कृतिको सम्मान गर्दै मनोरञ्जनका साथै आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिनुपर्ने सन्देश विभागिय प्रमुख भण्डारीले दिनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, अन्य विभागिय प्रमुख लगायत सम्पूर्ण शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।