लुम्बिनी, असोज २८ । लुम्बिनी विकास कोषको ४५ वर्ष अघिको लुम्बिनी गुरु योजना आफ्नो कार्यकालमा सम्पन्न गर्न संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले निरन्तर सक्रियता बढाएका छन् । नियुक्त लगत्तै उपाध्यक्ष लामाले फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गर्दै आएका उपाध्यक्ष डा.लामाले आइतबार दिउसो कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराज शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्थलगत निर्माण कार्यको निरीक्षण एवं अवलोकन गरेका हुन् ।
https://www.elumbinikhabar.com/2023/09/13708/ याे पनि पढ्नुहाेस् ।
झण्डै चार दशक बितिसक्दा पनि लुम्बिनी गुरु योजना सम्पन्न गर्न नसक्दा सरकार र लुम्बिनी विकास कोष स्वदेश र विदेशमा समेत अलोचित भएको भन्दै उपाध्यक्ष डा. लामाले भगवान् बुद्धको जन्मस्थल, विश्वकालाखौ बौद्ध अनुयायीहरुको प्रमुख आस्थाको केन्द्र, विश्व शान्तिको मुहान र बौद्ध धर्मावलम्बीको एक पर्यटकिय गन्तव्य भएको कारण यसको विकास सम्वद्र्धन र संरक्षण र समय अवधिमा गुरु योजना सम्पन्न गर्न आफू निरन्तर लागि परेको बताएका छन् ।
