logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    १० वर्षदेखि फरार वन पैदावार चोरी निकासी अभियुक्त पक्राउ


    २२ फाल्गुन २०८१ , बिहिबार

    १० वर्षदेखि फरार वन पैदावार चोरी निकासी अभियुक्त पक्राउ

    अर्घाखाँची, फागुन २२ । वन पैदावार चोरी निकासी मुद्दामा १० वर्षदेखि फरार रहेका डम्वर सिंह क्षेत्रीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। २०७१ वैशाख २३ गते अर्घाखाँची जिल्ला अदालतले उनलाई तीन महिनाको कैद सजाय तोकेको थियो। फरार रहेका उनलाई अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ बाट पक्राउ गरी अदालत समक्ष पेश गरेपछि कारागार कार्यालय अर्घाखाँची पठाइएको हो।

    करिब एक दशकअघि अर्घाखाँचीको सिद्धारा गा.वि.स.–६, चोरखोला क्षेत्रमा साल र जंगली सिसौको काठ चोरी तस्करी गरिएको थियो। अनुसन्धानका क्रममा भानसिंह सुनार, उनका छोरा गोठबहादुर सुनार, कपिलवस्तुका लोकबहादुर थापा (लुकु रोका) र डम्वर सिंह क्षेत्रीको संलग्नता खुलेको थियो।

    तत्कालीन समयमा भानसिंह सुनार र उनका छोरा पक्राउ परे पनि लोकबहादुर थापा र क्षेत्री फरार भएका थिए। प्रहरीको खोजीपछि ५१ वर्षीय क्षेत्रीलाई २०८१ फागुन २१ गते विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको हो।

    प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार, वन पैदावार चोरी तस्करीमा संलग्न र अदालतबाट दोषी ठहर भई फरार अभियुक्तहरूलाई खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउने अभियान जारी रहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.