logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    समुदायको स्वास्थ्य प्रवद्र्धनमा टुगा आस्थाको योगदानः निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


    २५ फाल्गुन २०८१ , आइतबार

    समुदायको स्वास्थ्य प्रवद्र्धनमा टुगा आस्थाको योगदानः निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    भैरहवा, फागुन २५ । स्थानीय समुदायको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै टुगा आस्था विकास सहकारी संस्था लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। महिला तथा बालबालिका विकास उपसमितिको संयोजनमा तथा क्रिमसन हस्पिटल प्रा.लि., तिलोत्तमा–५, मणिग्रामको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर तिलोत्तमा–१५, कोटिहवा लखन थापा मगर सामुदायिक भवनमा सम्पन्न भएको हो।

    शिविर ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष रूपमा महिलाहरूको स्तन तथा पाठेघर क्यान्सर परीक्षण गर्ने उद्देश्यले आयोजना गरिएको थियो। प्रमुख अतिथि तिलोत्तमा–१५ का वडा सदस्य श्री क्षितिजा पौडेलले पहिलो महिला सहभागी लक्ष्मी थारुलाई परीक्षण कार्ड हस्तान्तरण गर्दै शिविरको उद्घाटन गर्नुभयो। बिहान ११ बजेबाट सुरु भएको उक्त स्वास्थ्य शिविरमा करिब २०० जनाको उपस्थिति रहेको थियो, जसमा १२६ जना महिलाहरूले स्वास्थ्य परीक्षण गराएका थिए।

    स्वास्थ्य शिविरको अध्यक्षता महिला तथा बालबालिका विकास उपसमितिकी अध्यक्ष श्री शशिकला गुरुङले गर्नुभएको थियो। उपाध्यक्ष परसुराम बास्तोला, उपसमिति सदस्य सिता के.सी., सचिव गोकुल पोखरेल तथा सल्लाहकार जितबहादुर रासकोटीको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि क्षितिजा पौडेलले शुभकामना मन्तव्य राख्दै महिलाहरूको स्वास्थ्य सचेतना बढाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले महिलाहरूले समयमा नै स्वास्थ्य परीक्षण गराउनु पर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

    शिविरमा क्रिमसन हस्पिटल, मणिग्राम रुपन्देहीका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. राजिव शाह र डा. रक्षा पाण्डेले परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो। शिविरमा महिलाहरूको स्तन तथा पाठेघर क्यान्सरको प्रारम्भिक परीक्षण गराउनुका साथै स्वास्थ्य सचेतनासम्बन्धी जानकारीसमेत दिइएको थियो। सहभागी महिलाहरूले यस्ता निःशुल्क स्वास्थ्य शिविरले आफ्नो स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने प्रतिक्रिया दिएका छन्।

    स्थानीय बासिन्दा, स्वयंसेवक तथा सहकारी संस्थाको सहकार्यमा सम्पन्न भएको यस शिविरले समुदायमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच बढाउने महत्वपूर्ण योगदान दिएको सहकारीका प्रवन्धक लक्ष्मण काउचाले बताएका छन्। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    टुगा आस्था विकास सहकारी संस्था लिमिटेड रूपन्देही जिल्लाको एक प्रतिष्ठित सहकारी संस्था हो। ७००७ जना शेयर सदस्यहरू रहेको यस सहकारीको केन्द्रीय कार्यालय ओमसतिया–१, ठुटीपीपलमा अवस्थित छ।

    वित्तीय सशक्तीकरण, उद्यमशीलता प्रवद्र्धन, महिला सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिँदै आएको यस सहकारीले विभिन्न वित्तीय तथा सामाजिक सेवा प्रदान गर्दै आएको छ। सहकारीले नियमित रूपमा सामाजिक कल्याणकारी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ, जसअन्तर्गत स्वास्थ्य शिविर, वित्तीय साक्षरता तालिम, उद्यमशीलता प्रवद्र्धन कार्यक्रम तथा अन्य सेवा–सुविधाहरू प्रदान गरिरहेका छन्।

    समुदायको समग्र आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने लक्ष्यसहित अगाडि बढिरहेको टुगा आस्था विकास सहकारीले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.