ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, १ कात्तिक। जिल्ला प्रहरी कार्यालय मुस्ताङले ६८औं प्रहरी दिवसको अवसरमा विभिन्न किसिमका कार्यक्रम गरी प्रहरी दिवस मनाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङ्का प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि जनक राज पन्तले कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी दिवसको अवसरमा सम्पूर्ण नेपाल प्रहरीका सकल दर्जालाई शुभकामना दिदै कर्तव्य पालनको शिलशिलामा प्राणको आहुति दिने अमर प्रहरी प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्नु भएको थियो ।
कार्यक्रमको सुरुमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पन्त लगायत अन्य अतिथिहरुले अमर प्रहरीको सम्झनामा निर्मित अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरी कार्यक्रमलाई अगाडि बढेको थियो ।
कार्यक्रममा आफनो कार्यक्षेत्रमा उत्कृष्ठ कार्य गर्ने ११ जना विभिन्न दर्जाका प्रहरी अधिकृत तथा जवानहरु पुरस्कारका साथै सम्मान गरिएको थियो । विभिन्न खेलमा बिजयी हुने प्रहरी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो प्रहरी जिल्ला प्रहरी कार्यालय मुस्ताङ् स्रोतले जनाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङ्का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले अतिथिहरुमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत प्रहरी निरीक्षक मिलन बि.क ले गर्नु भएको थियो भने दिनेश गौतमले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, प्रहरी कर्मचारी, पत्रकार, विद्यार्थी लगायत सयौं भन्दा बढी मानिसहरुको उपस्थिति प्रहरी दिवस मनाइएको थियो ।