logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनीमा लागुपदार्थ दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सुरु


    १८ मंसिर २०८० , सोमबार

    लुम्बिनीमा लागुपदार्थ दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सुरु

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, १८ मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिकामा लागुपदार्थ दुर्व्यसन सम्बन्धी सडक नाटक कार्यक्रम सुरु भएके छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजना र लुम्बिनी न वयुवा क्लबको समन्वयमा मंसिर १७ देखि ३० गते सम्म अकालमै लिन्छ ज्यान त्यागौ लागुपदार्थ भन्ने मुल नाराका साथ नगर स्तरीय लागुपदार्थ दुर्व्यसन सम्बन्धी सडक नाटक कार्यक्रम आइतवार देखि सुरु भएको छ।

    कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सजरुद्दिन मुसलमान द्वारा उद्घाटन गरिएको छ । कार्यक्रममा  नगरप्रमुख मुसलमानले लागुपदार्थले अकालमै ज्यान जाने र घरबार बिग्रेने र आर्थिक अवस्था कमजोर हुने स्कुल विद्यार्थीहरु, युवा युवतीहरु बढि कुलतमा लागेको भएकोले यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न नाटक र कलाको आधारमा सचेतना गराईएको बताएका छन् ।
    लागुऔषधले मानवीय क्षेतीसंगै समाजमा विकृति फैलाउनका दिने बताउँदै नगरप्रमुख मुसलमानले यसको नियन्त्रणका लागि सम्बन्धीत सवै निकाय उत्तिकै जिम्मेबार बन्नुपर्ने जनाएको छन । उनले आगामी दिनमा समेत यी यस्ता सचतेनामुलक कार्यक्रमले निरन्तरता दिने बताएका थिए।


    लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले बालबालिका भोलीका कर्णधार भएकाले हेरचाह र नैतिक शिक्षा दिनु आजको आवश्यकता भएको बताएकी थिइन् ।
    अभिभावकले आफना सन्तानहरुलाई बढि हेरचाह गर्नुपर्ने बताउँदै र यसमा लागेका बालबालिकालाई नजिकैको स्वास्थ्य प्रशिक्षण गराउने उनले नगरपालिकाबाट कुलतमा लाग्न लागेका, फसेकाका लागि लक्षित गरेर सचेतनामुलक कार्यक्रम गर्दै आएको बताइन् ।
    नगरपालिकाका सल्लाहकार मोहम्मद सईद खाँले लागुऔषध दुव्र्यसन व्यक्तिलाई मात्र नभई समाजलाई खराब बनाउने हुँदाको यसको नियन्त्रण गर्न सबै जनाहरु हातमालो जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नगरपालिकाका न्यायिक समिति सदस्य तथा लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहम्मद हुसेनले समाजमा हुने विकृति धेरै जसो लागुऔषध सेवनले नै हुने बताएका छन् ।विधार्थीहरु तथा युवाहरुमा बढि लत कुलतमा लागि आफ्नो ज्यान गुमाएको छन भने कतिपय घरबाट समाज विगारेका छन् यसो नगर्न लुम्बिनीका विभिन्न ठाउँहरुमा सडक नाटक कला द्वावार गरिने समेत अहम्मद हुसेनले बताए छन ।

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ को खुदावगर माध्यमिक विधालय, वडा नं. ७ को कर्महवा मा.वि, वडा नं. ६ को पर्सा चोकमा सडक नाटक गरिएको आयोजकले जनाकारी दिएका थिए।
    लुम्बिनीको प्रस्तुतिमा भएको सडक नाटक कार्यक्रममा जनप्रतिनिधी, विद्यार्थीहरु एवं समाजसेवी सर्वसाधारणको सहभागिता रहेको थियो ।

    कार्यक्रममा जनप्रतिनिधी, नगरपालिकाका शाखा प्रमुख , वडा नं. ९ का वडा अध्यक्ष कमख अख्तर फकिर, सामाजिक विकास शाखा प्रमुख प्रबिन्द पाल, स्वास्थ्य शाखा प्रमुख लुम्बिनी नव युवा क्लबका अध्यक्ष सम्पुर्ण समाजसेवी अवध थिएटर रुपन्देहीका कलाकार तथा विद्यार्थीहरु लगायत स्थानियहरूको उपस्थित रहेको थियो।लगायतको समेत उपस्थिति रहेको थियो । लागुऔषध दुव्र्यवसनी सम्बन्धी सडक नाटक आगामी मंसिर ३० गते सम्म लुम्बिनीका विभिन्न ठाउँमा सञ्चालन हुने जनाएका छन् ।।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.