रुविना थापा । लुम्बिनीखबर
मायादेवी, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम १९ गते मंगलवार जिल्ला प्रहरी कार्यालयको सभाहलमा सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख भरत बहादुर वि.क. को अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा ‘‘लैगिक हिंसा अन्त्यको सुनिश्चिता बालबालिकामा लगानी ऐक्वयद्धता’’का लागि अन्तरक्रिया गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरीक कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर वि.क ले कार्यक्रमलाई सम्वोधन गर्दै यस लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत यस कार्यक्रमको आयोजना गरिएको जनाउनुभयो ।
नागरिक समाज सुधारका निम्ती विभिन संघसंस्था स्थापना भएको देखिन्छ । समाज सुधारमा यी संघसंस्थाहरु अहम् भूमिका रहेको देखिन्छ । समाजमा विभिन्न किसिमका हिंसाहरु क्रियाकलाप तथा गतिविधिहरु अहिले पनि केही मात्रामा भएको देखिन्छ । ति हिंसाहरु अन्त्य गर्नका सम्बन्धित संघसंस्था तथा सरोकारवालासंग प्रहरी सुरक्षाकमीहरु सहकार्य गरी अगाडि बढेमा मात्र सम्भव रहेको बताउनुभयो । विशेष गरी महिला विरुद्ध हुने हिंसालाई अन्त्य गरी समृद्ध समाज निर्माण गर्नु पर्ने प्रहरी उपरीक्षक वि.क.को भनाई रहेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य माननीय शान्ति लोधले लैङ्गिक हिंसा समाजमा निकै फैलिएको देखिन्छ । समाजमा हुने लैङ्गिक हिंसा शारिरीक, मानसिक, यौनजन्य, आर्थिक आदि विभिन्न किसिमले हुने भएको देखिन्छ । यस्ता किसिमका हिंसा महिलाहरुलाई बढी देखिने बताउनुभयो । यस्ता प्रकारका हिंसाहरुलाई रोक्न र निर्मूल पार्न हामी सचेत हुन जरुरी रहेको बताउनुभयो । गाउँ, टोलमा भएका महिलाहरुलाई विशेषरुपमा लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम सञ्चालन गरी सचेत गराउनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शुव अवसर ग्राम नेपालकी मानो परामर्शकर्ता विष्णु सिलवालले नेपाल तथा भारतको विभिन्न स्थानहरुमा अलपत्र परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई उद्धार गर्ने कार्यमा भारतमा किङ्ग इन्डिया र जिल्ला प्रहरी कार्यलय रुपन्देहीको समन्वयमा उद्धार गरी नेपालमा ल्याई निज महिला, बालबालिका र जेष्ठ नागरिकलाई अभिभावक नआएसम्म केही समयको लागि शुव अवसर ग्राम नेपाल संस्थाको संरक्षण्मा राखी परामर्श दिने गरेको बताउनुभयो । अलपत्र परेका बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरुलाई परिवारसँग विछोड भएका पिडितलाई पुनः पारिवारिक मिलनको लागि स्वंयम् आफै घरसम्म पु¥याउने व्यवस्था गरेको बताउनुभयो । यस संस्थाले पिडितहरुलाई राहत तथा सीपमूलक तालिमका साथै परामर्श दिने गरेको सिलवालले बताउनुभयो ।
कार्यक्रममा परामर्श गरेका संघसंस्थाहरु सानाहात नेपाल, शान्ति पुनस्थापना गृह, थ्री एन्जेल्स नेपाल, आफन्त नेपाल, आशिष समाजिक सेवा नेपाल, माइती नेपाल, सि.डब्लु.आई.एन नेपाल, शुव अवसर ग्राम नेपाल आदि संस्थाहरुसँग लैङ्गिक हिंसा विरुद्ध अन्तक्रिया कार्यक्रम भएको हो ।
सो कार्यक्रममा ५० भन्दा बढी विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरुको सहभागितामा कार्यक्रम भएको थियो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा हिंसा पिडित महिला तथा विभिन्न संघसंस्थाहरुसँग भेटघाट तथा परामर्श कार्यक्रम गरिएका मनाएको आयोजक स्रोतले जनाएको छ ।