logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लागुऔषधको कुलतमा फसेका व्यक्तिहरुलाई हामीले हेर्ने दृष्टिकोण फरक हुनुपर्छ ः प्रहरी उपरीक्षक जोसी


    ८ पौस २०८० , आइतबार

    लागुऔषधको कुलतमा फसेका व्यक्तिहरुलाई हामीले हेर्ने दृष्टिकोण फरक हुनुपर्छ ः प्रहरी उपरीक्षक जोसी

    रुविना थापा । लुम्बिनीखबर
    मायादेवी, ८ पुस । रुपन्देहीमा रहेको बेलहिया नाकामा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको आयोजनामा लागुऔषध दुव्र्यवसन नियन्त्रण कार्यक्रम विहिवार संचालन गरिएको थियो ।
    तीव्रगतिमा बढि रहेको लागुऔषध विक्रि वितरण र लागुऔषध सेवनले गर्दा कतिपय मानिसहरुको ज्यान समेत लिएको देखिन्छ र यसमा विभिन्न उमेर समुहका मानिसहरु फसेको र उनीहरुले झेल्नुपरेको समस्यालाई विशेष ध्यानमा राखि नाका क्षेत्रका कार्यक्रम संचालन गरिएको हो ।
    कार्यक्रममा प्रहरी उपरीक्षक चक्रराज जोसीले लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंले कैलाली देखि रुपन्ेहीको विभिन्न ठाँउमा लागुऔषध सम्बन्धी कार्यक्रम गर्दै आएको र खास गरि सिमाना नाका क्षेत्रमा लागुऔषध दुव्र्यवसन रोकथामका लागि गर्दै आएको बताउनुभयो ।
    कैलाली देखि रुपन्देही जिल्लाको हरेक पालिकाको विद्यालयमा पुगेर कार्यक्रम गरिरहेको बताउनुभयो । यो कार्यक्रम गर्नुको उद्देश्य विश्व परिवेशमा दिनप्रति दिन लागुऔषध दुव्र्यवसनको संख्या बढेसंगै नेपालमा पनि बढ्दो क्रममा रहेको देखिन्छ । २०६३, २०६९ र २०७६ सर्बे अनुसार २०६३ सालमा ४६ हजारको हाराहारिमा लागुऔषध सेवन कर्ताको संख्या रहेको, २०६९ सालमा २ हजारको हाराहारिमा बृद्धि भएको र २०७६ सालमा १ लाख ३० हजारको हाराहारिमा पुगेको प्रहरी उपरीक्षक जोसीले बताउनुभयो ।
    साथै २०७९।०८० को सर्वे जारी रहेको छ । यस सर्बेमा पनि लागुऔषध दुव्र्यवसनमा फसेकाहरुको संख्या बढ्ने सम्भावना देखिएको बताउनुभयो ।
    प्रहरी उपरीक्षक जोसीका अनुसार – अहिले कैदीबन्दीको संख्यालाई हेर्ने हो भने करिव २० प्रतिशत लागुऔषध दुव्र्यवसन सम्बन्धी रहेका छन् र नेपाली युवा युवतीहरु दिनप्रतिदिन विग्रिदै गएको सन्दर्भमा यस विषयमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु अगाडि बढाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं ।
    लागुऔषध दुव्र्यवसन नियन्त्रणका लागि अपूर्ति नियन्त्रणको काम गरिरहेको र माग घटाउ कार्यक्रमलाई अगाडि बढाएको प्रहरी उपरीक्षक जोसीले बताउनुभयो ।
    प्रत्येक नागरिकको मन मस्तिष्कमा लागुऔषध प्रति वितृष्ण पैदा होस र लागुऔषध कसैले पनि सेवन नगरोस भन्ने उद्देश्यका साथ माग घटाउ कार्यक्रम संचालन गरेको बताउनुभयो ।
    प्रहरी उपरीक्षक जोसीका अनुसार –लागुऔषधको कुलतमा फसेका व्यक्तिहरुलाई हामीले हेर्ने दृष्टिकोण फरक हुनुपर्छ । कुलतमा फसिसकेका व्यक्तिहरुलाई माया गर्नुपर्छ, स्नेह गर्नुपर्छ र माया स्नेह पूर्वक लागुऔषध सेवन तथा कुलतबाट छुट्कारा दिलाउने प्रयास गर्नुपर्छ । त्यसै अनुसारको उपचारात्मक व्यवहार हामीले देखाउनुपर्छ ।
    यो सचेतना कार्यक्रम विद्यालयहरुमा मात्र गरेर हुदैन् । यसका लागि दौतरी समुह शिक्षा महत्वपूर्ण हुन्छ । दौतरी समुह शिक्षामा विद्यार्थीले विद्यार्थीहरुलाई शिक्षण गर्नु हो । आफूहरु कुनै एक पालिका भित्रका विद्यालयहरुका तिक्ष्ण विद्यार्थीहरुलाई तालिम दिएर उनीहरुवाट नै प्रशिक्षण गराई रहेको र यसका लागि कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई छनोट गरेर मात्र प्रशिक्षण गरिरहेको प्रहरी उपरीक्षक जोसीले बताउनुभयो ।
    यसरी विद्यार्थीहरुलाई प्रशिक्षणका लागि तालिम दिनुको प्रमुख उद्देश्य अहिलेका बच्चाहरु आमाबुवाले कुरा, सल्लाह र सुझाव भन्दा साथी समूहको मान्ने भएको देखिन्छ । आमाबुवाको कुरामा विश्वास नगर्ने र सार्थीको कुरामा विश्वास गर्ने भएकोले दौतरी समूह शिक्षा महत्वपूर्ण मानेर आफूहरु कार्यक्रमलाई अगाडि बढाएको प्रहरी उपरीक्षक जोसीले बताउनुभयो ।
    लागुऔषधको विषयलाई नै लिएर विहिवार नेपालको दोस्रो नाका भैरहवाको बेलहियामा आवत जावत गर्ने यात्रुहरुको भेला गराई लागुऔषधको असरहरु र यसले समाजमा पार्ने प्रभावहरुको बारेमा प्रशिक्षण गरेको प्रहरी उपरीक्षक जोसीले बताउनुभयो ।
    यो कार्यक्रम कुनै व्यक्ति विशेष, संस्था विशेष र नेपाल प्रहरी बलको एक्लो प्रयासले नियन्त्रण गर्न सम्भव नरहेको र यसलाई नियन्त्रण र न्यूनिकरणका लागि नेपाल प्रहरी बलका साथै अन्य विभिन्न संघसंस्था, नागरिक समाज, सीमा क्षेत्रका बसिन्दाहरु, संचारकर्मी लगायतका सबैले आआफनो क्षेत्रबाट भूमिका निर्वाह गर्ने हो भने यो समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
    उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाही को संयोजकत्वमा संचालन गरिएको थियो भने प्रहरी जवानका साथै आवत जावत गर्ने सयौं यात्रुहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.