रुविना थापा । लुम्बिनीखबर
भैरहवा, २ फागुन । सिद्धार्थनगर एकेडेमी रुपन्देहीले सरस्वती पूजा तथा वार्षिकोत्सव मनाएको छ । सिद्धार्थनगरको हिमाली पथ स्थित रहेको यस विद्यालयले भव्य र सव्यका साथ सरस्वती पूजा तथा वार्षिकोत्सव सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि दामोदर शर्माले सरस्वती पूजा तथा वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नु भयो । कक्षा ८ सम्म अध्यापन गराउने यस विद्यालयले भविष्यमा कक्षा १२ सम्म पुराउने लक्ष्य रहेकोमा खुशी व्यक्त गर्दै भविष्यमा मा.वि. तह सम्मको कक्षाहरु सञ्चालन गर्न शुभकाना दिनु भयो ।
विशिष्ट अतिथि भरत बहादुर के.सी.ले सिद्धार्थ एकेडेमी एउटा सङघर्षमय विद्यालय भएको बताउनु भयो । विद्यार्थीहरुको प्रतिभाको विकासका लागि विभिन्न कमीकमजोरी, विकृति, विसङ्तिलाई हटाएर अगाडि बढी रहेको बताउनु भयो । बुद्धको नामबाट नामाकरण गरिएको यो विद्यालयमा यस विद्यालयका प्राचार्य अमित यादव लगायत सम्पूर्ण शिक्षक, शेयर सदस्य, कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
अभिभावक निलु चौधरीले शिक्षा लिनको लागि ठूला ठूला विद्यालय हुनु पर्दैन सानै विद्यालयबाट पनि राम्रो शिक्षा हासिल गर्न सकिन्छ भन्ने कुराको जानकारी दिनुभयो ।
सरस्वती पूजाको अवसरमा साना साना विद्यार्थीे भाइबहिनीहरुले विभिन्न राष्ट्रिय गीतमा नित्यहरु प्रस्तुत गर्दै मनोरन्जन गराएका थिए ।
विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापबाट प्राप्त विभिन्न पुरस्कार समेत यस कार्यक्रममा विरण गरिएको थियो । भने शिक्षक अभिभावकलाई पनि सम्मान पत्रद्वारा सम्मान तथा मायाको चिनो हस्तानतरण गरिएको थियो ।
२०६१ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ८ सम्मको कक्षाहरु सञ्चालन भइरहेको र १९ जना शिक्षक, ३३४ जना विद्यार्थीहरु रहेर पठनपाठन भइरहेको विद्यालय प्रशासन शाखाले जानकारी दिए छ । विद्यालयलाई कक्षा १२ सम्म पुराउने लक्ष्य रहेको विद्यालयको व्यवस्थापनले जनाएको छ ।झन्कानाथ शर्माको अध्यक्षता तथा विद्यालयका प्रचार्य अमित यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।