logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नेपाल कमर्शियल आर्टिष्ट संघको वनभोज तथा अन्तरक्रिया


    १३ फाल्गुन २०८० , आइतबार

    नेपाल कमर्शियल आर्टिष्ट संघको वनभोज तथा अन्तरक्रिया

    रुबिना थापा । लुम्बिनीखबर
    भैरहवा, १३ फागुन । नेपाल कमर्शियल आर्टिष्ट संघले शनिबार चिलिया पार्कमा वनभोज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
    वनभोज तथा अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा नेपाल कमर्शियल आर्टिष्ट संघका अध्यक्ष उज्जवल कुमार दे कायस्थले सबै आर्टिष्ट कलाकारहरू सङ्गठित भएर जानु पर्ने र संस्थाले सबैको हकहितका लागि बिमा योजना बनाएको बताउनुभयो ।
    लक्ष्मी डिजिटलका सञ्चालक दिपेन्द्र प्रधानले नेपाल कमर्शियल आर्टिष्ट संघले व्यवसायीहरूको हकअधिकारका विषयमा आवाज उठाउनु पर्ने बताउनुभयो ।
    नेपाल आर्टिष्ट संघका उपाध्यक्ष अशोक कुमालले आर्टिष्टहरुलाई राज्यले उचित स्थान र नीति, नियम र योजना बनाएर अगाडि बढ्दा राम्रो  हुने सुझाब दिनभयो । नीति नियममा रहेर कार्य गर्दा अवश्य सफल  भइन्छ । उहाँले भन्नुभयो, ‘ एकताले नै संस्थाको आधार हो ।’


    आर्टिष्ट संघका सदस्य आकाश चौधरीले संघमा सवैलाई आवद्ध गराएर   दररेटमा एकरूपता ल्याउनुपर्ने सुझाव राख्नु भयो । उहाँले दररेटमा एकरुपता नहुँदा आर्टिष्टहरुलाई काम गर्न गाह्रो भएको कुरा बताउनुभयो । दर रेटमा एकरुपता कायम गर्न अनुगमन समितिले पूर्ण रुपमा अनुगमन नगरेको चौधरीले बताउनुभयो ।
    नेपाल कमर्शियल आर्टिष्ट संघमा १९ जना सदस्यहरु रहेका छन् । २०७९ माघ २१ गते विधिवत रुपमा दर्ता भएको यो संस्थाले  आर्टिष्टहरुको हकहितमा काम गरिरहेको छ ।
    “संघ हाम्रो लागि, हामी संघका लागि, कलाकारिता नै राष्ट्रको मूल सभ्यता, अनेकतामा एकता, यस संघको विशेषता” भन्ने नारा रहेको नेपाल कमर्शियल आर्टिष्ट संघले सामाजिक क्षेत्रमा पनि काम गरिरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.