- सिद्धार्थ उद्योग वाणिज्य संघले आफ्नो ६५औं साधारण सभावाट उद्योगी व्यापारीको माँझमा कस्ता प्रस्तावहरु लैजादैछ ?
सिद्धार्थ उद्योग वाणिज्य संघले आफ्नो ६५औं साधारण सभावाट उद्योग व्यापारीको माँझमा विभिन्न किसिमका एजेण्डाहरु लैजादैछ । आर्थिक मन्दीका कारण व्यवसायी धरासायी भएका कारण यसलाई निराकरण गर्नु उद्योग वाणिज्य संघको प्रमुख एजेण्डा रहेको छ । उद्योगी व्यापारीको संरक्षण एवम् संवद्र्धनका साथै उद्योग व्यापारलाई आर्थिक चलायमान बनाउने कुरालाई आफनो एजेण्डा बनाएर अगाडी बढेको छ ।
- सिद्धार्थ उद्योग वााणिज्य संघको नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि उद्योगी व्यवसायीका पक्षमा के कस्ता सकारात्मक कामहरु गरेको छ ?
सिद्धार्थ उद्योग वााणिज्य संघको नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि उद्योग व्यवसायीका हक हितका लागि सधैं सकारात्मक कामहरु गर्दै आएको जानकारी गराउन चाहान्छु । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले नाकामा हुने चुहावट तथा भन्सार छलीका समानहरुलाई व्यवस्थित गर्नमा महत्वपूर्ण कदम चालेको छ । भन्सारको विषयमा सरकारसंग सहकार्य गरी उद्योग व्यवसायीको समस्या समाधानमा निरन्तर लागेको र अगामी दिनमा पनि अग्रणी भूमिका खेल्ने जनाउनुभयो । उद्योगी व्यवसायीहरुको समस्या समाधानका निम्ति यो संघ निरन्तर लड्ने प्रतिवद्धताका साथ अगाडी बढेको आम पाठक माँझ जानकारी गराउदछु ।
- अहिलेको आर्थिक मन्दीको अवस्थामा व्यवसायीलाई प्रोत्साहन र प्रवद्र्धनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले के कस्तो भूमिका खेलेको छ ?
कोभिडको कारण नेपालमा मात्र नभई विश्व बजारमा आर्थिक मन्दीको समस्या देखिएको हो । आर्थिक मन्दीका कारण अन्तर्राष्ट्रिय स्तरका समेत कतिपय उद्योगी र व्यवसायीहरु पलायन भएको अवस्था देखिएको छ । यो समस्या समाधानका लागि राज्यसंग सहकार्य गरेर अगाडी बढेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघले यहाँका उद्योगी व्यवसायी पलायन हुने अवस्थाबाट रोक्नका लागि बैंक तथा वित्तिय संस्था संग छलफल गरिरहेको छ । संचालनमा रहेको उद्योग व्यवसायहरुलाई बचाउनका लागि राज्य संग र सम्वन्धित निकायसंग लगिपरेको जानकारी गराउन चाहन्छु । संघले यो आर्थिक मन्दीको समस्या सधँैभरी नरहने, यस्ता समस्या सधैं नआउँला भन्ने विषयमा प्रोत्साहन दिएको छ । आर्थिक चलायमानका लागि राज्यले विशेष किसिमको भुमिका खेल्नुपर्ने र पलायन हुदै गरेका देशका नवयुवाहरुको अवस्थाले व्यवसाय फस्टाउन नसकेको अवस्थामा नयाँ सोच र योजनाका साथ व्यापारलाई चलायमान बनाउन आवश्यक छ । यसका लागि राज्यले पहल गर्नुपर्ने बिषयमा सिद्धार्थ उद्योग वाणिज्य संघ लागिरहेको छ ।
- नेपालको आर्थिक केन्द्रविन्दु बन्दै गएको भैरहवालाई अर्थतन्त्रको क्षेत्रमा सबल बनाउनका लागि यहाँहरुको भूमिका कस्तो रहेको छ ?
सिद्धार्थ उद्योग वाणिज्य संघको स्थापना २०११ सालमा भएको हो । रुपन्देहीलाई आर्थिक हबको रुपमा बनाउनका लागि संघ सधैं तमतयार अवस्था रहेको छ । उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायसंग पहल गर्दै आएका छौँ ।
- पर्यटन क्षेत्रमा व्यापक लगानी भएको लुम्बिनी क्षेत्रका व्यवसायीहरु संकटमा परेको देखिन्छ । उनीहरुको समस्या समाधानका लागि सिद्धार्थ उद्योग वाणिज्य संघको के भूमिका रहेको छ ?
वास्तवमा भन्नुपर्दा अरु उद्योगी व्यवसायीको तुलनामा हेर्दा पर्यटन क्षेत्र अत्यन्तै धरासायी अवस्थामा रहेको छ । त्यसमा लुम्बिनी क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरु मर्कामा परेको देखिन्छ । जव अर्वाै लगानीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणका सुरु भयो, पर्यटन व्यवसायीहरु अर्वौ लगानी गरे र विमानस्थल सही ढङ्गले संचालन नहुदाँ होटल व्यवसायी तथा पर्यटन व्यवसायी मारमा परेको छ । यो समस्या समाधानका लागि विमानस्थल नियमित संचालनका लागि बारम्वार आवाज बुलन्द गरेका छौेँ । पर्यटन उजागरको मुख्य स्रोत अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पैदलयात्री तथा सवारी साधन मार्फत नेपाल आउने यात्रुवाट हो । नाका क्षेत्रमा विभिन्न बहानामा हुने अवरोधलाई हटाउदै सही ढङ्गले पर्यटन व्यवसायी संचालनको लागि सिद्धार्थ उद्योग वाणिज्य संघले पूर्ण भुमिका खेलेको छ ।