logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लायन्स क्लबहरुले गरे, आगलागि पीडितलाई सहयोग


    ३१ बैशाख २०८१ , सोमबार

    लायन्स क्लबहरुले गरे, आगलागि पीडितलाई सहयोग

    रुविना थापा । लुम्बिनीखबर
    भैरहवा, ३१ वैशाख । रुपन्देहीको पूर्व दक्षिण क्षेत्रमा रहेको रोहिणी गाउँपालिकामा आगलागीबाट पिडित बनेका ११ घरपरिवारलाई लायन्स क्लबहरुले सयूक्तरुपमा सहयोग हस्तान्तरण गरेका छन् ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी यूथ र लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लिमको सहकार्यमा सहयोग हस्तान्तरण भएको हो ।
    रोहिणी गाउँपालिका वडा नं.६ बोदवारमा आगोलागीबाट पीडित भएका घरबार बिहिन परिवारलाई क्लबले अतिआवश्यक समाग्रीहरु सहयोग गरेको रोहिणी गाउँपालिकाले पनि जनाएको छ ।


    “जहाँ आवश्यकता हुन्छ, त्यहा लायन हुन्छ ।”  भन्ने उद्देश्य बोकेको लायन्सको मर्म लाई आत्मसात गदै  लायन्स क्लबहरुले सयूक्तरुपमा आगलागी पिडितहरुलाई २ लाख भन्दा बढिको अति आवश्यक सामाग्रीहरु सहयोग गरेको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ पिका जोन चेयर पर्सन तनु शर्मा कशौधनले बताउनुभयो ।
    पिडित परिवारलाई सहयोगका लागि शुक्रबार रोहिणी गाउँपालिकामा पुगेर क्लबहरुले ‘‘डिजास्टर रिलफ प्रोग्राम ’’ को आयोजना गरी सहयोग गरेको कशौधनले जानकारी दिनुभयो ।
    आगलागी पिडित परिवारलाई लायन्स क्लबहरुले अतिआवश्यक सामाग्रीहरु ग्यास सिलिन्डर, ग्यास चुल्हो, फोल्डिङ्ग बेड, लामखुट्टेबाट जोगिन झुल, भाँडाकुडा लगायतका समाग्री सहयोग गरेका रोहिणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष इन्द्रमान चौधरीले जानकारी दिनुभयो ।


     ‘‘डिजास्टर रिलफ प्रोग्राम ’’  मा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ पिका गर्भनर अर्जुनमान सैजु, जिएलटि कोडिनेटर अनिल प्रसाद श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटिका पूर्व अध्यक्ष देवराज न्यौपाने, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका अध्यक्ष रुपमाया पुन, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगे्रसिपका अध्यक्ष मिलन वि.केले सहयोग गर्नुभएको थियो ।

    लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ पिका गर्भनर अर्जुनमान सैजु, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ पिका निर्वाचित गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गा, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ पिका संस्थापक गर्भनर नवराज न्यौपने, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ पि प्रथम उपाध्यक्ष गर्भनर बालाराम भट्टराई,  लायन्स क्लब अफ सिद्धार्थनगर लेडी यूथका अध्यक्ष तृप्ती बर्मा, लायन्स क्लब अफ सिद्धार्थ लेडी ग्लिमका अध्यक्ष शिल्पा श्रीवास्तव, कोडिनेटर रिना सिङघलको ‘‘डिजास्टर रिलफ प्रोग्राम ’’  मा उपस्थित रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.