logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरमा वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया


    ४ जेष्ठ २०८१ , शुक्रबार

    सिद्धार्थनगरमा वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

    रुविना थापा । लुम्बिनीखबर
    भैरहवा, ४ जेठ । सिद्धार्थनगर नगरपालिकाद्वारा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुरक्षित वैदेशिक रोजगारको सवालमा पत्रकारसँग अन्तक्रिया कार्यक्रम शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय ईकाइको कार्यालयमा सम्पन्न भएको छ ।
    ‘‘ स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’’ भन्ने नाराका साथ सुरक्षित आप्रवासन कार्यक्रम गरिएको हो ।


    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर उप–उपप्रमुख उमा अधिकारीको अध्यक्षतामा सञ्चालन गरिएको थियो । वैदेशिक रोजगारमा श्रम स्वीकृत विना भारतको बाटो भएर विभिन्न देशमा नेपालीहरु बेचिएको र विभिन्न पीडा, यातना, बिचल्ली, आर्थिक रुपमा समेत समस्या भोग्नु परेको कुरा यो कार्यक्रम पश्चात आम जनसमुदायमा सञ्चारको माध्यमबाट सचेत हुने विश्वास रहेको बताउनु भयो । सीप र दक्षताको अभावले विदेशी मूलुकमा फ्रि भिजा फ्रि टिकट भए पनि कतिपयले एजेन्टहरुबाट ठगिएको विभिन्न सामाजिक सञ्जालमा दिनप्रतिदिन सुनिन्छ ।
    नेपालका अधिकांश मानिसहरु वैदेशिक रोजगारीको शिलशिलामा विदेश जाने क्रममा विभिन्न खालका डर लाग्दा दलालीको चङ्गोलमा परेको हामीले दिनानुदिन सुन्दै आएको छौँ । यस्ता खालका व्यक्तिहरुबाट बच्नको लागि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले श्रम स्वीकृत गरेर जाँदा दलालहरुको चङ्गोलबाट बच्न सकिन्छ । विशेष गरी गाउँघरका महिलाहरु जो सिधै भारतको बाटो हुँदै बेचिएको घटनाहरु विभिन्न खाडीमूलकमा पुगेका महिलाहरुको व्यथा ताजा ताजा छन् । यस्ता खालका विकृतिलाई रोक्नको निम्ति स्थानीय तह, प्रदेश सरकार, केन्द्रीय सरकारको ध्यान जान जरुरी देखिन्छ ।


    कार्यक्रमा हेल्भेटास नेपाल लुम्बिनी प्रदेशका अधिकृत जियाउल हकले कार्यक्रम बारे प्रकाश पारी वैदेशिक रोजगारलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिनुभयो । ‘‘ स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’’ भन्ने उद्देश्य बोकेको यस संस्थाले विभिन्न श्रम स्वीकृत नगरी गएका पुरुष तथा महिला दिदीबहिनीहरुको सहयोग गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा रुपन्देही जिल्लाका संयोजक सीता पन्थीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पन्थले विभिन्न तथ्याङ्कहरु देखाउदै देशमा भएको वैदेशिक रोजगार सम्बन्धी देखिएको समस्या र समाधान कसरी हुन्छ भन्ने विषयमा जानकारी दिनुभयो । नेपालबाट प्रति वर्ष ५ लाख भन्दा बढी र दैनिक १ हजार ९ सय जना वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्कले देखाएको छ । नेपालसँग वैदेशिक रोजगारका लागि १११ देशसँग श्रम स्वीकृति भए पनि १७८ ओटा देशहरु जाने गरेको प्रशिक्षक पन्थीले बताउनुभयो ।

    २०७९/८० को तथ्याङ्क अनुसार वैदेशिक रोजगारमा जानेको संख्या ७ लाख ७१ हजार ३२७ रहेको छ । २०७९/८० मा दक्ष सीप सिकेर जाने मानिसहरुको संख्या ६५.६९ प्रतिशत, प्रदेश अनुसार हेर्दा वैदेशिक रोजगारमा लुम्बिनी प्रदेशबाट १ लाख ३६ हजार १२८ अर्थात तेस्रो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार सम्बन्धी परेको उजुरीको अवस्थालाई हेर्दा वैदेशिक रोजगारमा दर्ता भएका समस्या सोही विभागले समाधान गर्ने र जिल्ला प्रशासन कार्यलयमा दर्ता भएका समस्या प्रमुख जिल्ला अधिकारीले नै समाधान गर्ने २०७५ फागुन १९ गतेबाट लागु भएको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.